Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ४, दार्चुला | </b>सोमबार दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ | जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ डोबाल गाउँकी २५ वर्षीया बेलमती डोबालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ |<br></p><p>आइतबार बेलुकी ८ बजे घरबाट हिडेकी डोबालको सोमबार बिहान ११ बजे शव फेला परेको प्रहरीले जनाएको छ। घर भन्दा झण्डै डेढ किलोमिटर पर पत्तागाडा भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए |</p><p>मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ | मृतक डोबालका १ छोरा र १ छोरी छन् |</p>