Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुरामा सात गाईको हत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ६, डडेल्धुरा | डडेल्धुरामा सातवटा राष्ट्रिय जनावर गाईको हत्या भएको छ | जिल्लाको  डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ मा ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका गाइको शव र कंकाल भेटिएको हो |

सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्ठामा गाईको शव भेटिएको छ | देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ | घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ | ५ वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन्‌ |

मारिएका गाईहरू दुई वर्षभित्रका रहेको पशुसेवा प्राविधिकले जनाएका छन् | स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको हो |