सरु शमा, साउन २, परासी । नवलपरासीको बैदौलि गाविसको बसैंहिया स्थित गणेशपुर माध्यमिक विद्यालय बसैंहियाको विद्यालय हाता भित्र रहेको बसैंहिया प्रहरी चौकी छुटै स्थानमा सर्ने भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शमा, साउन २, परासी । नवलपरासीको बैदौलि गाविसको बसैंहिया स्थित गणेशपुर माध्यमिक विद्यालय बसैंहियाको विद्यालय हाता भित्र रहेको बसैंहिया प्रहरी चौकी छुटै स्थानमा सर्ने भएको छ ।
२३ मंसिर २०८२, सोमबार
नवलपुर - NWL

बिधालय हाता भित्र रहेको प्रहरी चौकी सर्ने भए पछि बिधार्थी हर्षित

२ श्रावण २०७३, आईतवार ०६:४१

सरु शमा, साउन २, परासी । नवलपरासीको बैदौलि गाविसको बसैंहिया स्थित गणेशपुर माध्यमिक विद्यालय बसैंहियाको विद्यालय हाता भित्र रहेको बसैंहिया प्रहरी चौकी छुटै स्थानमा सर्ने भएको छ ।

बिधालय हाता भित्र रहेको प्रहरी चौकी सर्ने भएपछि त्यस बिधालयमा अध्ययनरत विद्यार्थिहरु खुसि भएका छन् । उक्त विद्यालयको हाता भित्र बैदौलि गाविसको कार्यालय , हुलाक कार्यालय बैदौलि गाविसको स्वास्थ्य चौकी र बसैंहिया प्रहरी चौकी रहदै आएको छ ।  बिधालय हाता भित्र रहेका उक्त कार्यालयहरुलाई हटाउनु पर्छ भनि स्थानिय बासिन्दा , मिडिया ,  सँचारकर्मी लगायतले दवाव दिन थालेपछि उक्त प्रहरी चौकी सर्न लागेको हो ।
विद्यालय र प्रहरी चौकी सँगै हुदाँ उक्त बिधालयमा अध्यनरत बिधार्थीहरुलाई असहजता भई पढाई प्रभावित हुने गरेको थियो भने साना विद्यार्थिहरु डराउने गरेको विद्यालयले जनाएको छ । अव प्रहरी चौकी बसैंहियामा नै ३ कठ्ठा जग्गामा १६ कोठा भएको २ तल्ले प्रहरी चौकी भवन रु २ करोडको लगानिमा निर्माण हुन लागेको हो । सो नव निर्माण हुन लागेको भवनमा अटेच बाथरुम, पुरुष र महिला थुनुवाका लागि छुट्टाछुट्टै कोठा र सोलारको समेत ब्यवस्था गरि भवन बालमैत्रि र अपाङ्गमैत्रि रहेको निर्माणका लागि जिम्मा लिएको नेपाल आदर्श निर्माण कम्पनीका ईन्चार्ज रामगोपाल ढुङ्गानाले जानकारी दिनुभयो ।

 निर्माण कार्यको अहिले जगका लागि पिल्लर निर्माण गर्ने कार्य भईरहेको उँहाले जानकारी दिनुभयो । उक्त निर्माण कार्य अमेरिकन संस्था डि एफ आई डि र युनेस्को को आर्थिक सहयोगमा भईरहेको छ भने निर्माण कार्य २०७४ सालको अन्तिमसम्म सम्पन्न भईसक्ने निर्माण कम्पनिका ईन्चार्ज ढुङ्गानाले बताउनु भयो । गविसको हाता भित्र प्रहरी चौकी वि.सं २०४२ सालदेखि स्थापना भएको थियो भने २०५४ सालमा शसत्र जनयुद्धका कारण विस्थापित भएको थियो । तर शसत्र जनयुद्ध समाप्त भएपछि २०६३ सालमा फेरी प्रहरी चौकी सोही विद्यालयको हाता भित्र रहेको गाविसको २ कोठामा पर्नस्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य