साउन २, महोत्तरी । करेन्ट लागेर महोत्तरीको बर्दिबासमा एक महिलाको ज्यान गएको छ । आइतबार बिहान १० बजे बर्दिबास–७ किसाननगरकी ५० वर्षे गीतादेबी मगरको करेन्ट लागेर ज्यान गएको हो । घर अगाडिको विद्युतको तारसर्ट भएर करेन्ट लाग्दा गीतादेबीको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
विद्युत् बढी प्रवाह हुँदा पोलबाट तार छिनेर भुँइमा खस्दा गीतादेविलाई करेन्ट लागेको प्रत्यक्षदर्शीले बताउनुभयो । पिठ्यूमा करेन्ट लागेर गम्भिर घाइते भएकी गीतादेबीको उपचारको क्रममा बर्दिबासको शुभस्वस्तिक अस्पतालमा ज्यान गएको हो । पोष्टमार्टमका लागि उनको शवलाइ जनकपुर लगिएको बताइएको छ ।