Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोभिड–१९ : जाँचपछि मात्र घोराही प्रवेश

२०७६, ९ चैत्र आईतवार ०८:२०

चैत ९, दाङ | घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा कोभिड– १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य जाँच शुरु गरेको छ । उपमहानगरपालिकाले बजार प्रवेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुको स्वास्थ्य जाँच शुरु गरेको हो । 

कोरोना भाइरसको सङ्क्रमण भित्रन नदिन बजार क्षेत्रको नाकामा स्वास्थ्य जाँच सहायता कक्ष नै स्थापना गरिएको जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले जानकारी दिनुभयो । उपमहानगरले शनिबारदेखि शुरु गरेको स्वास्थ्य जाँचको पहिलो दिन मात्रै करिब २०० गाडीका यात्रुको ज्वरो मापन र अन्य स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको थियो । जाँचका क्रममा कुनै पनि व्यक्तिमा ज्वरो, खोकी जस्ता समस्या नदेखिएको रेग्मीको भनाइ छ । 

उपमहानगरपालिकाले कुइरेपानीमा डा सुवर्ण बुढामगरसहित स्वास्थ्यकर्मीलाई खटाई घोराही प्रवेश गर्ने नागरिकको ज्वरोसँगै अन्य स्वास्थ्य अवस्थाका बारेमा जाँच गर्ने शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । पश्चिम क्षेत्रबाट घोराही प्रवेश हुने नारायणपुरमा डा प्रितम डिसीको नेतृत्वमा स्वास्थ्यकर्मी टोलीलाई खटाइएको छ । 

उपमहानगरले स्वास्थ्य जाँचका क्रममा शङ्कास्पद लक्षण देखिए त्यस्ता व्यक्तिलाई राख्नका लागि तीन स्थानमा आइसोलेसन कक्षको स्थापना गरेको छ । जसअन्तर्गत वडा नं ३ को कुइरेपानीस्थित प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नं १० स्थित साविक त्रिपुर नगरपालिकाको भवन र वडा नं १६ स्थित बाल अस्पतालको भवनलाई प्रयोग गर्ने तयारी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै