२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा निषेधाज्ञा जारी

१२ चैत्र २०७६, बुधबार ०४:१२

चैत १२, पाल्पा | सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । 

कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामपुरमा २० शैय्याको क्वारेन्टाइन 

कोरना भाइरस (कोभिड– १९) सङ्क्रमितको आशंका लागेकाहरुलाई राख्नका लागि रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा २० शैय्याको क्वारेन्टाइन बनाइएको छ । 

गाउँ गाउँमा स्वास्थ्यकर्मीसहितको घुम्ती टोली परिचालन गर्ने र शङ्कास्पद लागेका व्यक्तिलाई बुधवारदेखि क्वारेन्टाइनमा राखिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट नगरपालिका भित्रिएका नागरिक र शङ्कास्पद लागेका नागरिकलाई क्वारेन्टाइनमा ल्याएर राख्नेछौ, तत्काललाई वीस शैय्याको क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार दुईसय शैय्यासम्मको बनाउने तयारीमा छौँ ।”

भारतलगायत तेस्रो मुलुकबाट नगर भित्रिएका नागरिकलाई सम्बन्धित वडा कार्यालयको अगुवाइमा पहिचान गरी क्वारेन्टाइनमा राखिने उहाँको भनाइ छ । नगरपालिकाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चार वटा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट र दुई वटा गन थर्मोमिटर व्यवस्थापन गरेको छ । विभिन्न स्थानमा हेल्प डेस्क सेवा पनि दिइरहेको छ ।

पाल्पाका ८९ सवारीसाधन नियन्त्रण

जिल्ला प्रहरी कार्यालय पाल्पाले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी चलाएको भन्दै ८९  सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ८९ सवारीसाधन नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तानसेन नगरपालिकामा ३० मोटरसाइकल र ११ ट्रक गरी ४१ सवारीसाधन तथा  रामपुर नगरपालिका क्षेत्रबाट ३२ मोटरसाइकल, नौ स्कुटर, पाँच ट्रक र दुई ट्रयाक्टर गरी ४८ सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ती सवारी साधनलाई कागज बनाएर छाडेको प्रमुख काफ्लेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ