२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

विदेशबाट फर्किएकाको लगत सङ्कलन

१२ चैत्र २०७६, बुधबार ०४:३९

चैत १२, नुवाकोट | नुवाकोटको किस्पाङ गाँउपालिकाले विदेशबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन शुरु गरेको छ । 

पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचित जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली लगत सङ्कलनका लागि  घरघरममा परिचालन गरिएको छ । 

“कोरोना भाइरसको सङ्क्रमणको जोखिम नहोस् भन्ने उद्देश्यले पछिल्लो एक महिनामा विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन थालिएको छ”, अध्यक्ष लामाले भन्नुभयो, “घरघरमा पुगेका टोलीले उनीहरु फर्किएको राष्ट्र, विमानमा ट्रान्जिट भएको स्थान, कुन मितिमा आएको हो, त्यसको सम्पूर्ण जानकारीसहित अहिलेको स्वास्थ्य अवस्थाको परीक्षणको व्यवस्था लिइने छ ।”

विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षण गराई सङ्क्रमण भए/नभएको सम्बन्धमा ढुक्क रहन तथा उनीहरुको कारण हुनसक्ने जोखिम अन्त्य गराउन शुरु गरिएको लगत सङ्कलन  कार्य तीनदिन भित्र पूरा गर्ने लक्ष्य बनाएको वडा नं. २ का वडाध्यक्ष देवनाथ भट्टले जानकारी दिनुभयो । 

गाउँपालिकाभित्र पछिल्लो एक महिनाको अवधिमा विदेशबाट कोही आएको तथा आएर फर्किएको भएमा त्यसको सूचना गाउँपालिकाको कार्यालय एवम् जननिर्वाचित पदाधिकारी, वडा कार्यालय, स्थानीय स्वास्थ्य चौकी एवम् प्रहरी चौकी फिकुरीमा जानकारी दिन आह्वान पनि गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान