२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पिपीइ ड्रेस लगाएका चालकसहित झापामा छ एम्बुलेन्स तयारी अवस्थामा

१३ चैत्र २०७६, बिहीबार ०३:५१

चैत १३, झापा | लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् ।

उहाँले दमक, विर्तामोड, धुलाबारी, कनकाइ, बनियानी र भद्रपुर क्षेत्रका छ एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । चालकलाई एन–९५ मास्कसमेत दिएर हरि–हिमा ढकाल स्मृति प्रतिष्ठान दमकको मे१च ५६४१, पदमप्रसाद उप्रेती प्रतिष्ठान विर्तामोडको मे१च ८९९, उद्योग वाणिज्य सङ्घ मेचीनगरको मे१च ९२१, प्रधान डाग्नोस्टिक सेन्टर कनकाइको मे१च १२९६, कचनकवल गाउँपालिकाको प्रदेश१–००१झ २०३ नम्बर र मेची अञ्चल अस्पतालका एम्बुलेन्स रहेका छन् ।

कोरोना सर्ने डरले एम्बुलेन्स चालकले बिरामी नबोक्ने हुन् कि भन्ने आशङ्का अब मेटिएको छ । विदेशबाट आएर रुघाखोकी लागेको, होमक्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा बसेका, अस्पतालको आइसोलेसनमा बसेका बिरामीलाई समेत यी एम्बुलेन्सले जुनसुकै बेला सेवा पुर्याउने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य