२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कोभिड–१९ गाउँ–गाउँमा ‘माइकिङ’ गर्दैै प्रहरी

२०७६, १५ चैत्र शनिबार ११:२५

 चैत १५, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापा बिहान पाँच नबज्दै यहाँको खुलामञ्चमा टोलीसहित खट्नुहुन्छ । सर्वसाधारणलाई लकडाउनका बेला तरकारीलगायत दैनिक उपभोग्य सामान खरिदका लागि यहाँको खुल्लामञ्चमा व्यवस्थापन गरिएपछि निरीक्षक बुढथापा हाते माइक समाएर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भीडभाड नगर्न आग्रह गर्दै माइकिङ गर्नुहुन्छ ।

कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको आज छ दिन भइसकेको छ । लकडाउनको शुरुआती दिनमा बेलुकीतर्फ बजारमा भीडभाड हुन थालेपछि प्रशासनले दैनिक उपभोग्य सामान खरिदका लागि बिहान ५ बजेदेखि ७ बजेसम्मको समयसीमा निर्धारण गरेको छ ।

“सब्जीमण्डीमा भीडभाड धेरै हुन थालेपछि चाप कम गर्न र व्यवस्थित बनाउन मञ्चमा सारिएको हो”, प्रहरी निरीक्षक बुढथापाले भन्नुभयो, “मञ्चमा पनि तरकारी खरिदका लागि आउनेहरुको दूरी राखेर किनमेल गराउन लगाएका छौँ ।”

त्यसका साथै राति अबेरसम्म खटिने वडा प्रहरीको टोलीले बजार क्षेत्र र अस्थायी बिटहरुबाट समेत सर्वसाधारणलाई अनावश्यक हिँडडुल गर्न निषेध गर्दै आएको छ । “जिल्ला प्रशासनबाट जारी भएको निर्णय अनुसार हामी सबैतिर खटिएका छौँ”, उहाँले भन्नुभयो, “लकडाउन उल्लघङ्न गर्नेलाई नियन्त्रणमा समेत लिँदैछौँ ।”

वडा प्रहरी कार्यालयले मातहतको युनिटबाट समेत गरेर लकडाउन अटेर गर्ने ३६ मानिस र १०० भन्दाबढी सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलोरीले पनि यहाँको दक्षिण क्षेत्रमा सचेतनामूलक कार्यक्रमसहितको माइकिङ गरिरहेको जनाएको छ ।

“गस्तीका बेला नियमित माइकिङ गरेर घर बाहिर ननिस्कन भनिरहेका छौं”, इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो, “माइकिङका लागि जिङ्गल नै बनाएर गाउँगाउँ गइरहेका छौँ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जिल्लाभरि आठ प्रहरीका गाडीले नियमित कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री पस्केर माइकिङ गरिरहेको बताउनुभयो । “हरेक दिन बिहानैदेखि प्रहरीले माइकिङलाई पनि निरन्तरता दिएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म जिल्लामा प्रहरीको सकारात्मक हस्तक्षेप नै छ ।” कञ्चनपुरमा मात्रै लकडाउन अवधिमा ७०० नेपाल प्रहरी खटिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उता सशस्त्र प्रहरी बलले पनि आफ्नो संयन्त्रलाई परिचालन गरेको छ । “हामी सीमामा फसेका नागरिकहरुको उद्धारदेखि नागरिकको घरदैलोसम्म खटिएको अवस्था छ”, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले भन्नुभयो, “यहाँको सिमापारि अलपत्र रहेका नेपालीहरुको उद्धारसमेत भारतीय सुरक्षा निकायसित निरन्तर समन्वयमार्फत गरिरहेका छौँ ।”

सशस्त्र प्रहरीले जिल्लाभर मोबाइल गस्ती र बस्तीसम्म पुगेर जनचेतना फैलाउन माइकिङसमेत गरिरहेको उहाँको भनाइ थियो । “सङ्क्रमण नियन्त्रणका लागि आफैँ जोखिममा परेर सुरक्षाकर्मी खटिएर मात्रै हुँदैन”, उहाँले भन्नुभयो, “यो बेला स्वयं नागरिक पनि जिम्मेवार बन्नुपर्छ ।”

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने अर्को आदेश नभएसम्मका लागि भन्दै जिल्लाभर तरकारी पसल र मण्डी बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले जारी गरेको सूचनामा तरकारी पसलहरुमा अनावश्यक भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढेकाले अर्को आदेश जारी नभएसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ