2026-10-23 06:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

चैत १६, ललितपुर | गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । 

नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उक्त रोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सो योजना अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल कोरोना भइरसका कारण पूरै देश लकडाउन भइरहेको अवस्थामा उक्त रोगसम्बन्धी उपचार, रोकथाम, जनचेतना फैलाउने कार्यमा नगर क्षेत्रभित्र खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सो रोगबाट सङ्क्रमित भई उपचार गर्नुपरेमा हामीले निःशुल्क उपचार गर्ने समेत निर्णय गरेका हौँ ।”

मुलुकमा लकडाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोलटोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन दिने निर्णय पनि नगरपालिकाले गरेको छ । यसैगरी गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ५०० का दरले प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको महर्जनले जानकारी दिनुभयो । नगरपालिकाले दिनानुदिन बढिरहेको जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक कामका लागि प्रत्येक वडालाई रु दुई लाख बराबरको खर्च दिने निर्णय गरेको छ । 

यसैगरी गोदावरीले लकडाउनको समयमा यहाँ रहेका अपाङ्गता भएका महिला, छ महिनासम्मको सुत्केरी, दैनिक ज्याला मजदुरी गरी यसैबाट जीवन निर्वाह गर्न बाध्य श्रमिक तथा मजदुर र एकल महिलाको विवरण सङ्कलन गरी विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने