३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने

१६ चैत्र २०७६, आईतवार ०४:०४

चैत १६, ओखलढुंगा | ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लकडाउनमा बसेका उपभोक्तालाई खानेपानी महसुलमा आधा रकम छुट दिने भएको हो । 

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले आम उपभोक्तालाई समेत प्रभावित पारेकाले सङ्कटको समयमा चैत महिनाभरिको खानेपानी महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव रुपेश शाक्यले जानकारी दिनुभयो । समितिले घर आँगन सफा राख्न, खानेपानी शुद्धीकरण गरेर प्रयोग गर्न उपभोक्ताहरुमा अपिल गरेको छ । 

सदरमुकाममा खानेपानीका करिब ९०० उपभोक्ता छन् । समितिले सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ र १२ सहित आसपासका क्षेत्रमा खानेपानी सुविधा दिँदै आएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली