२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मार्मा गाउँपालिकाद्वारा कोरना भाइरस फैलिन नदिन सतर्कता

२०७६, १६ चैत्र आईतवार ०९:४८

चैत १६, दार्चुला | मार्मा गाउँपालिकाले विश्व मै फैलिरहेको कोरना भाइरस कोभिड १९ भाइरसलाई फैलिन नदिन सतर्कता अपनाउने भएको छ ।  

गाउँपालिकालाई कोरोना भाइरसबाट बचाउन समिक्षाको लागी  मार्मा गाउपालिकाका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा बसेको बैठकले कोरना भाइरस रोकथाम गर्न बिभिन्न जनचेतानामुलक अभियान संचालन गर्न युवाहरु परिचालन गर्ने जनाएको छ । भारतबाट मार्मा गाउपालिकामा आउनेहरुलाई मार्मा गाउपालिकामा अस्थायी रुपमा स्थापना  गरिएका क्वारेन्टाइनहरुमा राखी आवश्यक चेकजाच गरिने भएको छ ।

त्यस्तै मार्मा गाउँपालिकाले लटिनाथ मावी रस्कोट, दुर्गेश्वरी नि.मा.वि घोल्जर र सल्लेधार मा.वि मुरैमा स्थापना गरिएका सबै क्वारेन्टाइनमा राखिएका  मानिसहरुको नियमित स्वास्थ्य चेकजाच गरिनेछ । क्वारेन्टाइनमा रहेका मान्छेहरुको स्वास्थ्य नियमित चेकजाँच गरि कोरना भाइरसको लक्षण देखिएमा बिरामीलाई तत्काल मार्फत अस्पताल पुर्याउन एम्बुलेन्स तयारी अवस्थामा राखिने गाउँपालिकाका अध्यक्ष जमन सिंह धामीले बताएका छन् । 

गाउँपालिका क्षेत्रभित्र आवत-जावत गर्न पुर्ण रूपमा बन्द (लकडाउन) गर्ने, यदि कसैले त्यस्तो लकडाउनको पालना नगरिएको पाइएमा आवस्यक कार्वाही गर्न प्रहरी प्रसासनलाई आग्रह समेत गरिने अध्यक्ष धामीले जानकारी दिएका छन् । धामीले गाउँपालिका क्षेत्र भित्र खाद्यान्नको अभाव हुनसक्ने हुँदा ब्यवस्थापनको लागी व्यवसायीहरुसँग आवस्यक छलफल गरिएको बताए ।

व्यवसायीहरुले दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी गरेएको पाइएमा कारवाही गरिने र महामारीलाई मध्यनजर गरि बिपद ब्यवस्थापन कोषमा गाउँपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरिएको मार्मा गाउपालिकाका अध्यक्ष धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ