2026-09-13 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगलागी हुँदा चार घर जलेर नष्ट

चैत २२, सर्लाही | सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन—२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो ।

आगलागीबाट रामबाबुको घरसँगै अरु तीन वटा घर पनि जलेको छ । आगलागीबाट रामबाबु महतोको काठ र खपडाले बनेको दुईतले घर पूर्णरुपमा जल्दा रु २० लाखको क्षति भएको छ । त्यस्तै निजको छोरा राजकिशोर महतोको एकतले कच्ची घर पनि पूर्णरुपमा जलेर रु पाँच लाख बराबरको क्षति भएको छ । 

आगलागीबाट स्थानीय लालबाबु महतोको एकतले घर जलेर रु १५ लाख बराबरको क्षति भएको छ भने स्थानीय रामजनम हताको दुईतले घरको आधा भाग जलेर नष्ट भएको छ । आगलागीबाट उनको रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगो हरिवन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । 

यसैबीच जिल्लाको धनकौल गाउँपालिकामा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा तीन जनाको फुसको घर जलेर नष्ट भएको छ । धनकौल गाउँपालिका–२ निवासी रामप्रसाद रायले बालेको घुरबाट आगलागी हुँदा निजको फुसको घर जल्नुका साथै उनको छिमेकी जादु राय र कैलाश रायको फुसको घर शुक्रबार राति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीबाट रु ७५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको स्थानीयवासी राजेश झाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन