२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्सामा जलाउँदै गरेको अवस्थामा २५ बर्षीय युवतीको शव नियन्त्रण, चार जना पक्राउ

२३ चैत्र २०७६, आईतवार ०९:३६

चैत २३, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शंकास्पद मृत्युको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतकको सासूससुरा, देउरानी र अर्का एक व्यक्ति गरी ४ जनालाई नियन्त्रणमा लिएको छ ।

उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी र देउरानी २३ वर्षीया मालती देवी र अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक उर्मिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

शनिबार बिहान उर्मिलाको हत्या गरी जलाउँदै गरेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएको थियो । जलेको शरीरको केही भाग संकलन गरेर परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले घटनाबारे अनुसन्धानका लागि परिवारका सदस्यसहित ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

‘हत्या गरेर शव जलाउँदै छन भन्ने खबर आयो, त्यसपछि पुगेर जलेको शरीरको केहि भाग संकलन गर्‍यौं,’ उनले भने, ‘थप अनुसन्धानका लागि परिवारका सदस्यसहित चार जनालाई नियन्त्रणमा लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे