2026-09-13 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्सामा जलाउँदै गरेको अवस्थामा २५ बर्षीय युवतीको शव नियन्त्रण, चार जना पक्राउ

चैत २३, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शंकास्पद मृत्युको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतकको सासूससुरा, देउरानी र अर्का एक व्यक्ति गरी ४ जनालाई नियन्त्रणमा लिएको छ ।

उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी र देउरानी २३ वर्षीया मालती देवी र अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक उर्मिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

शनिबार बिहान उर्मिलाको हत्या गरी जलाउँदै गरेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएको थियो । जलेको शरीरको केही भाग संकलन गरेर परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले घटनाबारे अनुसन्धानका लागि परिवारका सदस्यसहित ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

‘हत्या गरेर शव जलाउँदै छन भन्ने खबर आयो, त्यसपछि पुगेर जलेको शरीरको केहि भाग संकलन गर्‍यौं,’ उनले भने, ‘थप अनुसन्धानका लागि परिवारका सदस्यसहित चार जनालाई नियन्त्रणमा लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन