2026-09-16 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

शेरिफ केसी | चैत २८, जितपुर | कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् । ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ । 

कपिलवस्तुमा किसानले उत्पादन गरेको दूध नबिकेपछि खेतमा फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ । वाणगङ्गा नगरपालिका– ४ मा रहेको ट्विन्स डेरी उद्योगले दुई दिनमा  १६ हजार लिटर दूध खेतमा फाल्नुपरेको बताएको छ । दुग्ध विकास संस्थानले दूध नकिनेपछि बाध्य भएर बारीमा फाल्नुपरेको सञ्चालक इन्दिरा पौडेलले वताउनुभयो । 

 वाणगङ्गा नगरपालिका, व्यावसायिक पशुपालन समितिका सचिव तथा सक्रिय कृषक जयलाल गिरीका गोठमा पैँसठ्ठी बाख्रा र अठ्चालीस गाईभैँसी छन् । घाँस पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्नु र दानाको अयातनिर्यात नै बन्द भई पशुलाई पर्याप्त खाना दिन नसक्दा उत्पादनमा ८० प्रतिशत गिरावट भएको उहाँको गुनासो छ । गिरीले रासससँग कुरा गर्दै भन्नुभयो, “अब गोठमा बाँधिएका गाईभैँसी तथा बाख्रालाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ ।” उहाँका अनुसार पहिले खर्च कटाएर पनि मासिक रु एक लाखसम्मको आम्दानी हुने सो व्यवसायमा अहिले ८० प्रतिशत घाटा भइरहेको छ । 

 वडा नम्बर–८ बोडगाउँका खुमानन्द पौडेलले २४  गाई पाल्नुभएको छ । उहाँले यसअघि गाईपालनबाट मासिक रु ८० हजार आम्दानी गर्दै आउनुभएको थियो ।  यतिबेला दूध उत्पादन घट्नु तथा बन्दाबन्दीले दाना पाउन नसक्नुले आम्दानी घटेको छ । उहाँको जस्तै समस्या वडा नम्बर–९ चप्परगाउँका अगुवा कृषक विष्णु पौडेलको पनि छ । उत्पादित दूध बिक्री नभएपछि  छरछिमेकलाई फोन गरेर दूध लिन बोलाएको र बचेको दूधको पनिर बनाइएको उहाँले बताउनुभयो ।

 वडा नम्बर–११ खुरबुधियाका पशुपालक किसान कमल सुवेदी गाउँस्थित डेरीले दूध नल्याउनू भनेपछि  उत्पादित दूध गाउँबाट १० किलोमिटर दूरीमा रहेको डेरीमा गएर बेच्न बाध्य हुनुभएको छ । गोठभरि ४०  भैँसी पालिरहनुभएका बुद्धभूमि नगरपालिका मोर्मा–३ का ईश्वरी पौडेल लकडाउनका कारण दाना पाउन समस्या भएको र पाए पनि  महँगो पर्ने भएकाले समस्या निम्तिएको बताउनुहुन्छ । 

शुद्धोधन गाउँपालिका– १ बगदीका खेमराज भण्डारीले सन्तुलित र चापट दाना  प्रति क्विन्टल रु ५०० देखि ६०० सम्म मूल्यवृद्धि भएकाले गोठमा भएका गाईभैँसी पाल्नसमेत धौधौ भएको बताउनुभयो । दैनिक साठी लिटर उत्पादन भइरहेको दूध घटेर अहिले २५ लिटरमा पुगेको बताउँदै उहाँले घरमा भएको दूध  फाल्नुपर्ने र आफन्त बोलाएर दिनुपरेको गुनासो गर्नुभयो ।

वाणगङ्गा क्षेत्रमा मात्र झण्डै तीन सय पशु फार्म दर्ता भए पनि हाल डेढ सयभन्दा बढी मात्र सक्रिय रहेको नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले बताउनुभयो । तिनमा तीन ठूला र चारपाँच साना डेरी छन् । लकडाउन खुलेपछि प्रभावित किसानको समस्या सम्बोधनका लागि नगरपालिकाले योजना बनाउने तिवारीले जानकारी दिनुभयो  । 

जिल्लाभित्रका पशुपालक किसानको पीडा उस्तै भएको कपिलवस्तु जिल्लाका भेटेरीनरी पशु चिकित्सक दुर्गाप्रसाद खनालको भनाइ छ । कोरोनाको त्रासले बजारमा माग कमी भएकाले दूध तथा मासुजन्य खाद्य पदार्थले बजार मूल्य नपाउँदा यतिबेला किसान प्रत्यक्षअप्रत्यक्ष मारमा परिरहेको खनालको बताउनुहुन्छ । दानाका लागि भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपालका  उद्योग धरापमा पर्ने अवस्था आउने उहाँको आकलन छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता