Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश कोषमा रु ११ करोडभन्दा बढी रकम, जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने

२०७६, २८ चैत्र शुक्रबार १५:५५

चैत २८, बुटवल | प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोष स्थापनाका लागि प्रदेश सरकारले रु १० करोड जम्मा गरेको छ । कोषमा सर्वसाधारणले मोवाइल बैंकिङमार्फत समेत रकम जम्मा गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कोषमा बुटवलस्थित साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रु २५ लाख ५० हजार जम्मा गरेको छ । त्यसैगरी भाटभटेनी सुपरमार्केटले पनि रु २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले रु १०­ १० लाख जम्मा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिनुभएको छ । 

त्यसैगरी सिटिजन बैंक रु सात लाख, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बीमा संस्थानले रु पाँच÷पाँच लाख जम्मा गरेका छन् । यसैगरी उक्त कोषमा गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले रु चार। चार लाख जम्मा गरेका छन् । 

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रु तीन लाख ९६ हजार ९७, क्रिमसन कलेजले रु दुई लाख ५५ हजार, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिले रु दुई लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले रु दुई लाख २२ हजार २२२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रु दुई लाख ५० हजार, सामूहिक वचत तथा ऋण सहकारी सस्थाले रु दुई लाख रकम जम्मा गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो । 

त्यसैगरी व्यक्तिगतरुपमा बुटवल–११ निवासी शेरबहादुर गुरुङबाट रु एक लाख पाँच हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट रु एक लाख, लीलामणि पौडेलबाट रु ५० हजार र कृष्णबहादुर केसीबाट रु ४० हजार ५५५ जम्मा भएको छ ।

जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने

यस्तै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत लिने छ महिनाको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवल उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ । बुटवलको राहत कोषमा यसअघि रु ५० लाख जम्मा भइसकेको छ ।

उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलब्ध हुँदै आएको छ । सोहीबापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरको हालै बसेको सङ्कटकालीन (आपत्काल) व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो । बैठक भत्ताबापतको रु एक लाख ४२ हजार हुन आउँछ ।

यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीले पनि पारिश्रमिकको केही ंहिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् । उपमहानगरका ३०६ कर्मचारीले एकमुष्ट रु ११ लाख दुई हजार ९३७ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो । विभिन्न सङ्घसंस्था र नागरिक अगुवाले समेत उक्त कोषमा करिब रु १० लाख जम्मा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित