२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

दैलोदैलोमै दैनिक रगत सङ्कलन: रगत अभाव छैन

२०७६, २८ चैत्र शुक्रबार १६:०५

चैत २८, भक्तपुर | नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाले लकडाउनको अवधिमा रगतको अभाव हुन नदिन दैलोदैलोमै रगत सङ्कलनको अभियान सञ्चालन गरेको छ ।

कारोना भाइरसको माहामारी हुन नदिन सरकारले गरेको लकडाउनमा रेडक्रसले ‘डोर टु डोर रक्तदान’ अभियान सञ्चालन गरेको भक्तपुर जिल्ला सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो । रेडक्रसकै समन्वयमा आज मध्यपुरथिमि श्यामा श्यामा धाम राधेराधेमा राधामाधव समितिअन्तर्गत डिभाइन युथ क्लब नेपालले सञ्चालन गरेको रक्तदानमा २७ युवाले रक्तदान गरेको समितिका प्रेस संयोजक मुकुन्द अर्यालले जानकारी दिनुभयो । 

रगतको अभाव हुन नदिन लकडाउन भएको दिन चैत ११ गतेदेखि नै दिनदेखि स्वयंसेवी रक्तदाता समाज (ब्लोदान) र स्वयंसेवी रक्तदाताको सहयोगमा हरेक दिन रगत सङ्कलन गरेको सभापति थापाले जानकारी दिनुभयो । सुत्केरी, क्यान्सर, मिर्गौला, अन्य शल्यक्रिया, दुर्घटनालगायतका बिरामीलाई नियमित नै रगतको आवश्यक्ता पर्दैन तर लकडाउनले रक्तदान हुन नसक्दा बिरामी र बिरामीका आफन्तलाई ठूलो समस्या पर्ने भएपछि उपत्यकाका विभिन्न स्थानमा डोर टु डोर रक्तदान अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । 

दैनिक तीन चार ठाउँमा रक्तदान कार्यक्रम राखेर सामाजिक दूरी कायम गरी सुरक्षित तवरले रक्तदान गर्ने गरेको जानकारी दिँदै उहाँले अहिले पनि दैनिक १२५ पिन्टसम्म रगत वितरण भइरहेको जानकारी दिनुभयो ।

रेडक्रसका सभापति थापाले भन्नुभयो, “अहिले रगतको अभाव हुन दिएका छैनौँ, ११ गतेयता अहिलेसम्म एक हजार ६०० पिन्ट रगत सङ्कलन गरिसक्यौँ, अहिले पनि होल ब्लड ५००, पिपिआरपी ब्लड १०० र एफएफपी ब्लड ८०० पिन्ट स्टक छ, आत्तिनुपर्ने अवस्था छैन ।”

त्यसैगरी रेडक्रसले जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुर र सूर्यविनायक नगरपालिका प्रत्येकलाई रु एक लाखका दरले राहत सामग्री वितरण गर्ने गरी नगरपालिकाको विपद् कोषमा रु चार लाख प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

रेडक्रसले कोभिड–१९ बारे जनचेतना फैलाउन सबै नगरपालिकामा माइकिङ गर्ने जिल्लाबाट सञ्चालित एम्बुलेन्स र रक्तसञ्चार सेवालाई गुणस्तरीयरुपमा सञ्चालन गर्ने, एम्बुलेन्स चालकलाई पिपिइ सेट, मास्क, पञ्जालगायतका सामग्री वितरण गरेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना