२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँपालिकाले नै गहुँ काटेपछि किसान खुशी

२९ चैत्र २०७६, शनिबार ०४:०१

नानीमैया कटवाल, चैत २९, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी–७ का रामकिसुन यादव आफ्नो खेतमा फलेको गहुँ देखेर दङ्ग छन् । गहुँको बाला सबै निहुरिएकोमा त उनको खुशीको सीमा नै छैन । ठूलो बाला र धेरै दाना भएकाले गहुँको बाला निहुरिएका छन् तर यादवको शिर भने ठाडो भएको छ ।

यसरी गहुँ हौसिएर आए पनि समयमा काट्न नपाउँदा भने यादव एक दिन अगाडिसम्म निकै चिन्तित देखिन्थे । गहुँ उत्पादन राम्रो भए पनि कोरोना माहामारीको त्रास र लकडाउनले मजदूर नपाएपछि खेतमै बाली झरेर नोक्सान हुने चिन्ताले ग्रसित थिए यादव । तर शुक्रबारबाट गाउँपालिकाले काट्न बाँकी रहेका सबै किसानको गहुँ निःशुल्करूपमा मेसिनले काटिदिने भएपछि उहाँको चिन्ता हटेको छ ।

लकडाउनले यतिबेला अन्य क्षेत्रमा झै किसानलाई पनि प्रभावित बनाएको छ । गत वर्ष ग्रामीण क्षेत्रका किसान बाली भित्र्याउने काममा खेतमै व्यस्त हुन्थे । तर, अहिले कोरोनाको महामारीले मजदूर नपाउँदा पाकेर तयार भइसकेको गहुँलगायत हिउँदे बाली भित्र्याउन किसानलाई समस्या परेको छ ।

“मेसिनले तत्काल नकाटेको भए गहुँ खेतमै झर्ने अवस्थामा पुग्थ्यो”, अर्का किसान तिलाठी कोइलाडी गाउँपालिका–२ का गजेन्द्र मण्डलले भन्नुभयो, “प्रत्येक वर्ष चैत मसान्तभित्रै गहुँ काटेर भित्र्याइसकिन्थ्यो, हातले काटेर सम्भव नै थिएन ।” लकडाउनको समयावधि थपिएपछि र त्यो लकडाउनको अवधि पनि अझै अनिश्चित रहेकाले गहुँ भित्र्याउन मुस्किल भइरहेका बेला गाउँपालिकाले नै गहुँ बाली काटिदिने भएपछि किसान खुशी भएका छन् । मेसिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले किसानको समस्या समाधान गर्न गहुँ बाली काट्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गहुँबाली भित्र्याउन नसकेका किसानका लागि निःशुल्करूपमा गहुँ काट्न शुरु गरिएको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो । “कोरोना माहामारीको त्रास र लकडाउनका कारण मजदुर नपाएपछि चैते हावाले गहुँ झार्ने क्रम शुरु भएको थियो”, उहाँले भन्नुभयो, “मौसमको ठेगान नभएकाले वर्षा भइदिए वर्षभरिको मेहेनत पानीमा डुब्ने भएकाले नोक्सानीबाट जोगाउन किसानको गहुँ निःशुल्क काटिदिएका हौँ ।”

वडा नं ७ मन्सापुरबाट दुई मेसिनले गहुँ काट्न थालिएको छ । मेसिन थपेर भए पनि सबै वडाको खेतमा रहेको गहुँ चाँडोभन्दा चाँडो काटिने अध्यक्ष सिंहले बताउनुभयो । गाउँपालिकाको आठ वडामा गरी करिब ७०० बिघामा लगाइएको गहुँ अझै पनि खेतमै रहेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । अधिकृत झाका अनुसार गाउँपालिकाले आफ्नो खर्चमा गहुँ काटिदिएपछि किसानले खुशीसाथ गहुँ भित्र्याउन पाउने भएका छन् ।

“समयमै पाकेको गहुँ नकाटिएपछि के खाने भन्ने चिन्ताले परिवार नै पिरोलिएका थियाँै, अब ढुक्क भयाँै”, तिलाठी कोइलाडी गाउँपालिका–८ का राजाराम मण्डलले भन्नुभयो, “पाकेको गहुँ बाली भित्र्याउन पाइने भएपछि आनन्दसँग सुत्न पाइने भयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य