2026-09-12 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँपालिकाले नै गहुँ काटेपछि किसान खुशी

नानीमैया कटवाल, चैत २९, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी–७ का रामकिसुन यादव आफ्नो खेतमा फलेको गहुँ देखेर दङ्ग छन् । गहुँको बाला सबै निहुरिएकोमा त उनको खुशीको सीमा नै छैन । ठूलो बाला र धेरै दाना भएकाले गहुँको बाला निहुरिएका छन् तर यादवको शिर भने ठाडो भएको छ ।

यसरी गहुँ हौसिएर आए पनि समयमा काट्न नपाउँदा भने यादव एक दिन अगाडिसम्म निकै चिन्तित देखिन्थे । गहुँ उत्पादन राम्रो भए पनि कोरोना माहामारीको त्रास र लकडाउनले मजदूर नपाएपछि खेतमै बाली झरेर नोक्सान हुने चिन्ताले ग्रसित थिए यादव । तर शुक्रबारबाट गाउँपालिकाले काट्न बाँकी रहेका सबै किसानको गहुँ निःशुल्करूपमा मेसिनले काटिदिने भएपछि उहाँको चिन्ता हटेको छ ।

लकडाउनले यतिबेला अन्य क्षेत्रमा झै किसानलाई पनि प्रभावित बनाएको छ । गत वर्ष ग्रामीण क्षेत्रका किसान बाली भित्र्याउने काममा खेतमै व्यस्त हुन्थे । तर, अहिले कोरोनाको महामारीले मजदूर नपाउँदा पाकेर तयार भइसकेको गहुँलगायत हिउँदे बाली भित्र्याउन किसानलाई समस्या परेको छ ।

“मेसिनले तत्काल नकाटेको भए गहुँ खेतमै झर्ने अवस्थामा पुग्थ्यो”, अर्का किसान तिलाठी कोइलाडी गाउँपालिका–२ का गजेन्द्र मण्डलले भन्नुभयो, “प्रत्येक वर्ष चैत मसान्तभित्रै गहुँ काटेर भित्र्याइसकिन्थ्यो, हातले काटेर सम्भव नै थिएन ।” लकडाउनको समयावधि थपिएपछि र त्यो लकडाउनको अवधि पनि अझै अनिश्चित रहेकाले गहुँ भित्र्याउन मुस्किल भइरहेका बेला गाउँपालिकाले नै गहुँ बाली काटिदिने भएपछि किसान खुशी भएका छन् । मेसिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले किसानको समस्या समाधान गर्न गहुँ बाली काट्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गहुँबाली भित्र्याउन नसकेका किसानका लागि निःशुल्करूपमा गहुँ काट्न शुरु गरिएको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो । “कोरोना माहामारीको त्रास र लकडाउनका कारण मजदुर नपाएपछि चैते हावाले गहुँ झार्ने क्रम शुरु भएको थियो”, उहाँले भन्नुभयो, “मौसमको ठेगान नभएकाले वर्षा भइदिए वर्षभरिको मेहेनत पानीमा डुब्ने भएकाले नोक्सानीबाट जोगाउन किसानको गहुँ निःशुल्क काटिदिएका हौँ ।”

वडा नं ७ मन्सापुरबाट दुई मेसिनले गहुँ काट्न थालिएको छ । मेसिन थपेर भए पनि सबै वडाको खेतमा रहेको गहुँ चाँडोभन्दा चाँडो काटिने अध्यक्ष सिंहले बताउनुभयो । गाउँपालिकाको आठ वडामा गरी करिब ७०० बिघामा लगाइएको गहुँ अझै पनि खेतमै रहेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । अधिकृत झाका अनुसार गाउँपालिकाले आफ्नो खर्चमा गहुँ काटिदिएपछि किसानले खुशीसाथ गहुँ भित्र्याउन पाउने भएका छन् ।

“समयमै पाकेको गहुँ नकाटिएपछि के खाने भन्ने चिन्ताले परिवार नै पिरोलिएका थियाँै, अब ढुक्क भयाँै”, तिलाठी कोइलाडी गाउँपालिका–८ का राजाराम मण्डलले भन्नुभयो, “पाकेको गहुँ बाली भित्र्याउन पाइने भएपछि आनन्दसँग सुत्न पाइने भयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन