२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा स्वाब सङ्कलन जारी

२९ चैत्र २०७६, शनिबार ११:०१

नरेन्द्रसिह कार्की, चैत २९, दार्चुला । क्वारेन्टाइनमा बसेकाको स्वाब सङ्कलन शुरु भएकोे छ । हेलकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि आएपछि सो कार्य शुरु गरिएको हो । 

भारतलगायत विभिन्न देशबाट आएका नागरिकको स्वाब सङ्कलन गरेर परीक्षण गर्न जिल्लाका ६ ठाउँबाट स्वाब सङ्कलन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । ६ ठाउँबाट ५०० भन्दा बढी व्यक्तिको स्वाब सङ्कलन गरिँदैछ । नौ वटै स्थानीय तहमा भारतलगायतबाट आएका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिनेछ । 

स्वाब सङ्कलन अपिहिमाल र मार्मा गाउँपालिकाको लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँ गाउँपालिकाको हिकिला र व्यास गाउँपालिकाको हुतीमा स्याब सङ्कलन गरिँदैछ । यस्तै, मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर तथा महाकाली नगरपालिकाको खलङ्गामा स्याब सङ्कलन शुरु गरिएको उहाँले बताउनुभयो ।

शनिबार  शैल्यशिखरको गोकुलेश्वर र महाकाली नगरपालिकाको खलङ्गामा नेपाली सेनाको हेलिकप्टरमार्फत  र मार्माको लटिनाथ, नौगाडको दल्लेख, दुहुँुको हिकिला र हुतीका लागि कैलाश एयरको एमटी हेलिकप्टर मार्फत स्वास्थ्यकर्मी र औषधि आएको हो 

सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारतलगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी सङ्ख्यामा स्वाब परीक्षण गर्न लगाएका छौँ, प्रजिल पौडेलले भन्नुभयो, अन्य जिल्लामा २÷३ सय व्यक्तिको मात्रै परीक्षण गर्दैछ । सबै स्थानमा अहिले स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।

यो क्षेत्रमा महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेरसमेत मजदूरहरु घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतलगायतका ठाउँबाट जिल्लामा एक हजार ४०७ जना भित्रिएको तथ्याङ्क छ । तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्याङ्क भने समेटिएका छैन । जिल्लामा शुक्रबारसम्म २८० जना क्वारेन्टाइनमा बसेका छन् । आज सबै क्षेत्रको स्वाब सङ्कलन भइसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ