2026-09-13 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा स्वाब सङ्कलन जारी

नरेन्द्रसिह कार्की, चैत २९, दार्चुला । क्वारेन्टाइनमा बसेकाको स्वाब सङ्कलन शुरु भएकोे छ । हेलकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि आएपछि सो कार्य शुरु गरिएको हो । 

भारतलगायत विभिन्न देशबाट आएका नागरिकको स्वाब सङ्कलन गरेर परीक्षण गर्न जिल्लाका ६ ठाउँबाट स्वाब सङ्कलन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । ६ ठाउँबाट ५०० भन्दा बढी व्यक्तिको स्वाब सङ्कलन गरिँदैछ । नौ वटै स्थानीय तहमा भारतलगायतबाट आएका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिनेछ । 

स्वाब सङ्कलन अपिहिमाल र मार्मा गाउँपालिकाको लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँ गाउँपालिकाको हिकिला र व्यास गाउँपालिकाको हुतीमा स्याब सङ्कलन गरिँदैछ । यस्तै, मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर तथा महाकाली नगरपालिकाको खलङ्गामा स्याब सङ्कलन शुरु गरिएको उहाँले बताउनुभयो ।

शनिबार  शैल्यशिखरको गोकुलेश्वर र महाकाली नगरपालिकाको खलङ्गामा नेपाली सेनाको हेलिकप्टरमार्फत  र मार्माको लटिनाथ, नौगाडको दल्लेख, दुहुँुको हिकिला र हुतीका लागि कैलाश एयरको एमटी हेलिकप्टर मार्फत स्वास्थ्यकर्मी र औषधि आएको हो 

सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारतलगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी सङ्ख्यामा स्वाब परीक्षण गर्न लगाएका छौँ, प्रजिल पौडेलले भन्नुभयो, अन्य जिल्लामा २÷३ सय व्यक्तिको मात्रै परीक्षण गर्दैछ । सबै स्थानमा अहिले स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।

यो क्षेत्रमा महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेरसमेत मजदूरहरु घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतलगायतका ठाउँबाट जिल्लामा एक हजार ४०७ जना भित्रिएको तथ्याङ्क छ । तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्याङ्क भने समेटिएका छैन । जिल्लामा शुक्रबारसम्म २८० जना क्वारेन्टाइनमा बसेका छन् । आज सबै क्षेत्रको स्वाब सङ्कलन भइसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन