Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, प्रहरी जवान घाइते

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख १, लहान | नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।&nbsp;<br></p><p>दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले सीमापारिबाट ढुङ्गा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो । झडपका क्रममा ढुङ्गाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।&nbsp;</p><p>आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुङ्गा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । रासस</p>