2026-07-25 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराईका जिल्लामा यो वर्ष आँप उत्पादन बढ्ने सङ्केत

वैशाख २, महोत्तरी | महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । 

यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि मधुवा किराको प्रकोपले मज्जर र चिचिला झर्ने र उप्पादन घट्न सक्ने चिन्ताले किसानलाई सताएको छ ।

किसानहरु भन्छन, “माघ गुज्रियो, फागुनमा आँपमा मज्जर (फूल) लाग्यो र चैतमा अत्यधिक टिकोला (चिचिरा) देखिनु उत्पादन बढने सङ्केत हो । तर लकडाउनका कारण औषधि छर्न नपाएपछि मधुवा किराको प्रकोपले उप्पादन घट्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ । लकडाउनका कारण किसानहरुले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गर्न समेत पाएका छैनन् ।

मधुवा रोगको दीर्घकालिन समाधानका लागि सरकारी स्तरबाट हालसम्म कुनै प्रयास भएको देखिदैन । लकडाउनका कारण प्राविधिक पहुँचबाट बञ्चित रहेका महोत्तरीका किसानहरु मधुवा रोगबाट बच्नका लागि बजारमा औषधिसमेत खरिद गर्न सकिएको छैन् । 

जिल्लाको सदरमुकाम जलेश्वर, मटिहानी, मनरा, सम्सी, खयरमारा, पिपरा, इटहर्वा, पर्सापतैली, सुगा, लक्ष्मीनिया, मडै, बर्दिवास, गौशालालाई आँप उत्पादनको पकेट क्षेत्र मानिन्छ । यस वर्ष जिल्लामा दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक