प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

हङकङ–तेह्रथुम मञ्चको अध्यक्षमा खापुङ निर्वाचित

३ श्रावण २०७३, सोमबार ११:५५

प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

मञ्चको उपाध्यक्षमा शमसेर तुम्बाहाम्फे, गंगा माबो र राहूल ईम्सङ, सचिवमा केशव तुम्बाहाम्फे, सह–सचिवमा मीना खापुङ, कोषाध्यक्षमा सुरेन तिगेला र सह–कोषाध्यक्षमा प्रकाश तुम्बाहाम्फे रहनुभएको छ । 

यस्तै सदस्यहरुमा रुद्र फोम्बो, विनोद ईङ्नाम, कला तुम्बाहाम्फे, दोर्ण निंलेकू, प्रताप तिलिङ्, रुपा तिलिङ्, सन्त सागर फोम्बो र याम तिगेला रहनुभएको छ । जोर्डनस्थित याक एन्ड यति रेस्टुरेण्टमा आयोजित मञ्चको अधिवेशन कांग्रेस केन्द्रिय सदस्य तथा तेह्रथुमकी सांसद सीता गुरुङको समेत आतिथ्यता रहेको थियो ।  

पार्टीको विशेष काम तथा भ्रमणका क्रममा हङकङ पुग्नुभएकीसांसद गुरुङले हङकङमा रहेर पनि जन्मथलोको विकासमा निरन्तर क्रियाशील मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई अझै सक्रिय बन्न सुझाव दिनुभयो । उहाँले लिम्बुवानी संस्कृती, ईतिहास र पहिचानको संरक्षण तथा सम्वर्द्धनको निम्ति तेह्रथुमको सक्रान्तिबजारमा लिम्वुवानी संग्रालय निर्माणको थालनी भएको बताउनुभयो । सांसद गुरुङले संग्रहालयकालागि सरकारले ५० लाख विनियोजन गरेको सुनाउँदा किराँत याक्थुङ चुम्लुङ हङकङ परिवार हर्षित भएका थिए ।

मञ्चका अध्यक्ष श्याम ईङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, दिल फोम्बो, कलाकार डिल्ली फोम्बो, किराँत याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङ्फुङवा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

मञ्चले हङकङमा कार्यरत नेपालीहरुको सहयोगमा तेह्रथुम जिल्लाको सामाजिक विकासमा सहयोग पुर्याउने कार्य गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ