२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सुनिलस्मृतिले विपन्न परिवारलाई राहत वितरण गर्ने

३ बैशाख २०७७, बुधबार १५:३०

वैशाख ३, रोल्पा | सुनिलस्मृति गाउँपालिकाको विपद व्यवस्थापन कोष सञ्चालन समितिको बैठक मङ्गलबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकले विपद व्यवस्थापन कोषबाट हालसम्म खर्च भएको रकमको सार्वजनिक गर्दै अन्य जिल्लाबाट यस गाउँपालिकामा आउनुहुने व्यक्तिहरुलाई वडा भित्र रहेका विद्यालय, खालि घरहरुमा क्वारेन्टाइन बनाउने, यसको व्यवस्थापन वडा कार्यालय गर्ने, क्वारेन्टाइनको निगरानी वडा सदस्यहरुले गर्ने सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य चौकी नभएका वडाहरुमा गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने र क्वारेन्टाइनको निरिक्षण गाउँपालिका र वडा अध्यक्षहरुले गर्ने निर्णय गरेका छ ।

गाउँपालिका भित्र रहेका उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, विभिन्न संघसस्थाहरु, वित्तिय तथा बैंकिङ क्षेत्रहरु, राजनितिक दल, वुद्धिजिवि, व्यापारीहरु सँग विभिन्न चरणमा छलफल गर्ने, राहात वितरण एक द्धार प्रणालीबाट गर्ने, कुनै पनि संघ संस्थाहरुले राहत वितरण गर्नु परेमा गाउँपालिकामा उपलब्ध गराइ गाउँपालिकाबाट वितरण गर्ने, गाउँपालिका विपद व्यवस्थापन कोषमा रहेको रकमबाट तत्कालै वडाबाट आएका सिफारिसका आधारमा राहत वितरण गर्ने, जिल्ला बाहिरबाट आउनु भएका व्यक्तिहरुलाई वडाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यसैगरि तत्कालै गाउँपालिका विपद व्यवस्थापन कोषमा रहेको रकम बाट खाद्यान्न गरिद गरि वडाहरुबाट आएका विवरणका आधारमा राहात वितरण गर्ने, विभिन्न टोल वस्तीहरुमा सामुहिक छलफल गर्ने, जुवातास, भलिवल, क्यारेमबोट खेल्ने, खोलाहरुमा सामुहिक माछा मार्ने जस्ता क्रियाकलापहरुलाई पूर्ण रुपमा बन्द गर्ने, चालु आ.व.मा विपत् व्यवस्थापनका लागि विनियोजित रकम विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने, वडा भित्र क्वारेन्टाइनमा बस्नु भएका व्यक्तिहरुका रेखदेखका लागि विद्यालयका शिक्षक, कर्मचारीहरु वडा कार्यालयमा कार्यरत कर्मचारहरु, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई वडा कार्यालय मार्फत परिचालन गर्ने र स्थानीय क्लव, वुद्धिजिवि, व्यापारीहरुलाई समेत रेखदेखका लागि अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे