७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याइँदै, ५२ भारतीय एकान्तवासमा, ४८३ को नमूना परीक्षणमा नेगेटिभ

६ बैशाख २०७७, शनिबार ०७:२५

निरा गौतम र भेषराज गौतम | वैशाख ६, रुपन्देही | प्रदेश नं  ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुर्याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको छ । 

पूर्वपश्चिम राजमार्गमा काठमाडौं, धादिङ, चितवनलगायत जिल्लाबाट आउने मजदूर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापनको काम थालेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । प्रदेशका नाकामा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर स्वास्थ्य जाँच गर्ने र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने प्रेस सल्लाहकार केसीले बताउनुभयो । सोका लागि प्रदेश नं ५ सरकारले प्रदेशका १०९ वटै स्थानीय तहलाई रु १० लाखदेखि २५ लाखसम्म  विशेष अनुदान दिएको छ । 

प्रदेश ५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आएकाहरुलाई रोकेर त्यहीँका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । बर्दघाटमा एक सय जना अट्ने अस्थायी क्वारेन्टाइन बनाइएको छ । संख्या बढ्दै गएमा राजमार्गमा पर्ने बर्दघाटभन्दा पश्चिमका स्थानीय तहमा व्यवस्थापन गरिने छ । मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनानुसार सुरक्षा निकाय र स्थानीय तहले प्रदेशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई व्यवस्थापन गर्ने काम शुरु गरेका हुन् । प्रदेश सरकारले यो काम थालेसँगै पूर्वपश्चिम राजमार्गमा पैदलै हिँड्नेहरुको संख्या कम भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री पोखरेलले निरन्तर राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नागरिक समाजका अगुवा तथा स्थानीय तहका प्रमुखसँग भिडियो संवाद गर्नुभएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा मुख्यमन्त्री पोखरेलले शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिससका प्रमुख जीतेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का, नागरिक समाजका संयोजक चन्द्रराज पन्तलगायतसँग अहिलेसम्म भएका कामबारे छलफल गर्नुभएको थियो ।

छलफलमा मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा  सघाउ गर्न उहाँहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले स्थानीय श्रमलाई प्रयोग गरेर गरिने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकासनिर्माणका काम नरोकी अघि बढाउन पनि निर्देशन दिनुभएको थियो । 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ । उहाँले अहिले हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रदेश नं ५ भित्र आइपुगेका सबैलाई प्रहरीको सहयोग लिएर नजीकैको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गर्नुभएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा  छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आआफ्ना घरतर्फ लागेका छन् । सङ्घीय सरकारले एक पालिकाबाट अर्को पालिका जान समेत रोक लगाएका समयमा प्रदेश सरकारले  स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापन गर्ने काम थालेको हो ।

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेशन अस्पतालसमेत निर्माण गरेको छ ।  

५२ भारतीयलाई नेपालगञ्ज एकान्तवासमा 

राँझा– काठमाडौंका विभिन्न इँटाभट्टामा काम गर्ने भारतीय मजदूरलाई शुक्रबार नेपालगञ्जको एकान्तवासमा राखिएको छ । बन्दाबन्दीमा काम ठप्प भएपछि उनीहरु काठमाडौंँबाट नेपालगञ्ज हुँदै भारततर्फ जान लागेका थिए ।

शुक्रबार बेलुका नेपालगञ्ज आइपुगेका ५२  भारतीय नागरिकलाई नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको एकान्तबासमा राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । 

भारत तथा नेपाल दुवैतर्फ लकडाउन  गरिएकाले सो अवधि सकिएपछि मात्र उनीहरुलाई भारत पठाउन सकिने चन्दले बताउनुभयो । बाँकेमा अब एकान्तबासमा ३५६ जना भएका छन् ।

४८३ को नमूना परीक्षणमा नेगेटिभ

बाँकेमा ४८३ जनाको कोभिड–१९ नमूना परीक्षण गर्दा सबैमा रिपोर्ट नेगेटिभ देखिएको छ । र्यापिड डायग्नोष्टिक टेष्ट किटबाट ४०५ र पिसिआर विधिबाट ७८ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पिसिआर विधिबाट परीक्षण गर्न भैरहवा पठाइएका थप १४ जनाको नमूनाको रिपोर्ट आउन भने बाँकी छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा १४ दिन पूरा भएपछि किटबाट द्रुत परीक्षण गर्ने कार्य भइरहेको छ । 

रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अरु सात दिन घरमै एकान्तवासमा बस्ने गरी घर फिर्ता पठाउने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प