2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतका मस्जिदमा धार्मिक गतिविधि बन्द

वैशाख ८, सुर्खेत | कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१० बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक गतिविधि बन्द गरेको हो । 

मस्जिदले इमाम तथा मोहोजिमबाहेक अन्यलाई संयुक्तरुपमा नमाज पढ्न बन्द गरेको हो । वीरेन्द्रनगरस्थित बढी भीडभाड हुने अन्य धार्मिकस्थल भने लकडाउन लागू भएदेखि नै बन्द थिए । जिल्ला प्रशासनले मन्दिर र चर्चमा निगरानी बढाए पनि मस्जिद खुला थिए । यहाँ दुई मस्जिद छन् ।  

नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्र सुर्खेतले सबैलाई घरमै नमाज पढ्न व्यवस्था मिलाउनुका साथै शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने भीडभाड नगर्न मुस्लिम समुदायलाई अपिल गरेको छ । मदिना अध्ययन केन्द्रका अध्यक्ष फजिर बक्सले पछिल्लो समय जिल्ला बाहिरबाट कुनै पनि धार्मिक व्यक्ति प्रवेश नगरेको बताउनुभयो । “कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न अपिल गरेका छौँ”, अध्यक्ष बक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आवश्यक परेको खण्डमा मदरसालाई क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु