२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा १७ हजार लिटर अवैध मदिरा नष्ट

९ बैशाख २०७७, मंगलवार ०३:१५

वैशाख ९, काठमाडौँ | कोरोना भाइरसको सन्त्रास छल्न जारी लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट अभियान चलाएको छ । लकडाउनकै बेला भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ जिल्लाको भङ्गाहा–७ मेघनाथगोरहन्नामा १७  हजार लिटर  अवैध मदिरा र चारवटा भट्टी नष्ट गरेको हो ।

जिल्लाको सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्ती टोलीले रामएकवाल चौधरी, नवीन चौधरी, कमल चौधरी र रामपुकार चौधरीले सञ्चालन गरेका भट्टी नष्ट गरेको हो । चारवटै भट्टीबाट १४ हजार लिटर रक्सी (मदिरा) बनाइने कच्चा पदार्थ, तीन हजार लिटर तयार मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरी नष्ट गरिएको प्रहरी टोलीको नेतृत्व गर्ने सीतापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिनुभयो ।

भङ्गाहासँगै जोडिएको धनुषाको क्षिरेश्वर नगरपालिकाको रम्दैया बस्तीमा गत फागुनमा यस्तै मदिरा खाएर १५ जनाको मृत्यु हुँदा सो मदिरा पनि भङ्गाहा–३ सकरीको भट्टीबाट गएको खुलेको थियो । प्रहरीले तत्कालै सो भट्टी नष्ट गरी भट्टी सञ्चालक जगत मण्डललाई पक्राउ गरी अदालती कारवाही शुरु गरिसकेको छ ।

जिल्लाका भित्री ग्रामीण बस्तीमा सञ्चालित भट्टीमा अखाद्य वस्तु (युरिया रसायनिक मल, झुत्रा प्लाष्टिक, पुराना जुत्ताचप्पल) प्रयोग गरेर मदिरा बनाउने गरेका पाइएको छ । गत चैतमा जिल्लाकै औरही नगरपालिकाको जङ्घा नदी किनारको वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर प्रहरीले त्यहाँ यस्ता अखाद्य वस्तु मदिरा बनाउँदा प्रयोग गरेकै बेला बरामद गरेको थियो ।

ग्रामीण बस्तीमा बनाइने यस्तो मदिरा धेरैजसो गरिब वर्गका सर्वसाधारणले खाने गरेका छन् । यस्तो मदिराको सेवनले जनधनको क्षति र जनस्वास्थ्यमा हुने प्रतिकूल असर रोक्न भट्टी नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य