२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बल्ल पाए मजदुरले राहत

२०७७, ९ बैशाख मंगलवार ०३:२६

वैशाख ९, बाजुरा | जिल्ला सदरमुकाम मार्तडी बजारमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकले बल्ल राहत पाएका छन् । मार्तडी बजार क्षेत्रमा दैनिक सामान ओसारपसार गरेर तथा अरुकै कामको भरमा परिवारको गुजारा गर्दै आएका मजदुरले लकडाउनपछि काम नपाउँदा गुजारा टार्न समस्या पर्दै आएको थियो । 

बडिमालिका नगरकार्यपालिकाले उनीहरुको पहिचान गरी २६ जना मजदुरलाई राहत सहयोग गरेको नगर प्रमुख पदम बडुवालले बताउनुभयो । पालिकाले बजार व्यवस्थापन समितिसँग समन्वय गरी राहत सहयोग गरेको हो ।

नगरपालिकाले प्रति व्यक्ति १५ केजी चामल, १ केजी दाल र १ पोका तेल राहत सहयोग गरेको हो । सहयोगले आफूहरुलाई राहत पुग्ने एक मजदुर मनबहादुर कडाराले बताउनुभयो ।

हिमाली र गौमुलमा पनि राहत

हिमाली गाउँपालिका–७ बाँधुका अति विपन्न ३४ परिवारलाई प्रतिघर ३० केजी चामल, २ केजी नुन वितरण गरिएको छ । सो पालिकाका रोजगार संयोजक बिर्खेराज पाण्डेका अनुसार स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा राहत वितरण गरिएको हो । 

गौमुल गाउँपालिका–२ वडा कार्यालयले पनि गरिब तथा विपन्नलाई राहत वितरण गरेको छ । प्रति परिवारलाई ३० केजीका दरले ७५ परिवारलाई खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष चक्र बोहराले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने