२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बल्ल पाए मजदुरले राहत

९ बैशाख २०७७, मंगलवार ०३:२६

वैशाख ९, बाजुरा | जिल्ला सदरमुकाम मार्तडी बजारमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकले बल्ल राहत पाएका छन् । मार्तडी बजार क्षेत्रमा दैनिक सामान ओसारपसार गरेर तथा अरुकै कामको भरमा परिवारको गुजारा गर्दै आएका मजदुरले लकडाउनपछि काम नपाउँदा गुजारा टार्न समस्या पर्दै आएको थियो । 

बडिमालिका नगरकार्यपालिकाले उनीहरुको पहिचान गरी २६ जना मजदुरलाई राहत सहयोग गरेको नगर प्रमुख पदम बडुवालले बताउनुभयो । पालिकाले बजार व्यवस्थापन समितिसँग समन्वय गरी राहत सहयोग गरेको हो ।

नगरपालिकाले प्रति व्यक्ति १५ केजी चामल, १ केजी दाल र १ पोका तेल राहत सहयोग गरेको हो । सहयोगले आफूहरुलाई राहत पुग्ने एक मजदुर मनबहादुर कडाराले बताउनुभयो ।

हिमाली र गौमुलमा पनि राहत

हिमाली गाउँपालिका–७ बाँधुका अति विपन्न ३४ परिवारलाई प्रतिघर ३० केजी चामल, २ केजी नुन वितरण गरिएको छ । सो पालिकाका रोजगार संयोजक बिर्खेराज पाण्डेका अनुसार स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा राहत वितरण गरिएको हो । 

गौमुल गाउँपालिका–२ वडा कार्यालयले पनि गरिब तथा विपन्नलाई राहत वितरण गरेको छ । प्रति परिवारलाई ३० केजीका दरले ७५ परिवारलाई खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष चक्र बोहराले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य