2026-09-12 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नं ५ समाचारः रोकिएका आयोजना शुरु, प्यूठानमा विकास निर्माणका काम

भेषराज बस्नेत र दीपा घर्ती | वैशाख ९, राँझा | कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीपछि रोकिएको नेपालगञ्ज–बघौडा सडक निर्माणको काम शुरु भएको छ । हुलाकी सडक योजना नेपालगञ्जअन्तर्गत रहेको नेपालगञ्ज–बघौडा सडकखण्डको सामाजिक दूरी कायम गर्ने गरी निर्माण कम्पनीले निर्माण शुरु गरेको हो । 

सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनले बन्दाबन्दीको नियम पूर्णरुपमा पालना गर्दै सीमित जनशक्तिको परिचालन गरी काम शुरु गरिएको हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामसागर हरिजनले जानकारी दिनुभयो ।  उहाँका अनुसार सरकारले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने निर्णय गरेपछि हुलाकी सडकको काम पनि निर्माण कम्पनीले बिहीबादेखि शुरु गरेको हो । 

मजदूरको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी सामाजिक दूरी बनाएर निर्माणको काम शुरु गरिएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिनुभयो । नेपालगञ्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किमी कालोपत्रे भइसकेको बताउँदै उहाँले बन्दाबन्दी कारण रोकिएको काम तदारुकताका साथ अगाडि बढाउने गरी काम भइरहेको जानकारी दिनुभयो । 

अहिले निर्माण  बाँकी रहेको नरैनापुर र कालाफाँटा क्षेत्रमा काम भइरहेको छ । बाँकी आठ किमीमध्ये चार किमी कालोपत्र लागि तयार भएको छ । थप चार किमी कालोपत्रको लागि तयारी भइहेको छ । कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्यावस्थामा प्रभाव नपर्ने गरी कामको व्यवस्था मिलाइएको बताउनुभयो ।

सरकारले सडक निर्माणको काम सामाजिक दूरी कायम गरेर पुनःसञ्चाल गर्न आग्रह गरे पनि फिल्डमा सुरक्षाकर्मी सकारात्मक नभएपछि निर्माण कम्पनीलाई सोमबार जिल्ला प्रशासन कार्यालय र हुलाकी सडक योजना कार्यालय नेपालगञ्जबाट काम सञ्चालन अनुमतिको पत्र बनाइएको सूचना अधिकारी हरिजनले जानकारी दिनुभयो । 

हुलाकी सडक योजना कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको नेपालगञ्ज–बघौडा ४४, फत्तेपुर–बैजापुर २१ , दाङको लमही–कोइलाबास ३६, बर्दियाको बेलवा–राजापुर २६ र भुरीगाउँ–गुलरिया–मूर्तिया ३६ किमी लम्बाइको हुलाकी सडक निर्माण प्रक्रियामा  छन् । 

प्यूठानमा विकास निर्माणका काम   

स्वर्गद्वारी– प्युठानमा महत्वपूर्ण विकासनिर्माण आयोजनाका काम सञ्चालन हुने भएको छ । कोभिड –१९ का कारण देश लकडाउनमा रहे पनि जिल्लाका महत्वपूर्ण आयोजनाका काम सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण नियन्त्रणमा समस्या नहुने गरी कामदारलाई व्यवस्थापन गरेर काम शुरु गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७६÷०७७ मा सक्नुपर्ने भालुबाङ –प्युठान सडकअन्तर्गत दाङ र प्युठान सिमानामा पर्ने प्युठानको गनाहा खोलादेखि  माण्डवी गाउँपालिका ३ चकचकेसम्म सडक मर्मत, सरुमारानी गाउँपालिका दर्भानमा रहेको सुख्खा खोला पक्की पुल र  ऐरावती गाउँपालिकामा रहेको झिमरुक दोभानको पक्की पुलको काम तत्कालै शुरु गर्न लागिएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख विनोदप्रसाद सापकोटाले बताउनुभयो । 

उहाँले जिल्ला प्रशासन कार्यालयले अनुमति दिइसकेकाले  ठेकेदार कम्पनीले काम शुरु गरेको जानकारी दिनुभयो । त्यस्तै झिमरुक नदी नियन्त्रणका लागि तटबन्धनको काम पनि शुरु भएको छ ।  संक्रमणको त्रासका कारण जिल्लामा विकास निर्माणका काम प्रभावित भएपछि सामाजिक दूरी कायम गरेर महत्वपूर्ण आयोजना सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ पन्थले बताउनुभयो ।

निर्माण हुन लागेका आयोजनाको बेलाबेलामा अनुगमनसमेत गरिने जनाइएको छ ।   झिमरुक नदी तटबन्धन र सुख्खाखोला पक्की पुलको काम सम्पन्न गर्ने जिम्मा पाएको मल्लरानी आँसु जेभी कम्पनीका प्रतिनिधि बालाजु श्रेष्ठले सरकारले राम्रो निर्णय गरेको र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर काम अगाडि बढाइएको बताउनुभयो ।  

“समयमै काम सक्ने गरी काम अगाडि बढाएको छु”, उहाँले भन्नुभयो,“अहिले कोरोना भाइरसले सताएको छ, बर्खा लाग्न थाल्यो, पछि झिमरुक नदीले सताउन सक्छ । त्यसकारण झिमरुक नदी नियन्त्रणका लागि रु आठ करोडको तटबन्धनलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छु ।” उहाँले यसै आवमा  काम सक्ने गरी काम अघि  बढाइएको पनि बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन