२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

पोखरीको पानी खाँदै डोम

९ बैशाख २०७७, मंगलवार ०३:३६

सञ्जीतकुमार मण्डल | वैशाख ९, जलेश्वर | महोत्तरी जिल्लाको एक बस्तीको डोम समुदाय अहिले पनि पोखरीको पानी पिउन र अन्य प्रयोग गर्न बाध्य  छ । आफूहरुलाई कथित ठूला जातिले तल्लो जात ठानी घर अगाडि रहेको कल (धारा) को  पानी खान नदिएकाले पोखरीको पानी प्रयोग गर्नुपरेको सोनमा गाउँपालिका –५ को डोम समुदायको गुनासो छ । 

सय  मिटर दूरीमा वडाध्यक्ष र ५०० दूरीमा प्रदेशसभा सदस्यको घर रहेको सो समुदायको घर अगाडि रहेको एउटा खानेपानी धाराको ह्याण्डल खोलेर स्थानीयवासी विजय यादवले लगेपछि डोम समुदाय पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी लीला मल्लिक डोमले बताउनुभयो ।

नेपाल सरकारको ऐलानी जग्गामा बसोबास गर्दै आएका पाँच घरपरिवार डोम समुदायले सो बस्तीमा प्रदेश नं २ को सरकारको सहयोगमा जनता आवास बनाउन लागेपछि विजयले सो जग्गा पनि आफ्नो  भन्दै विवाद गरेका छन् ।

विजयले  गालीगलोजका साथ कुटपिट गर्ने धाकधम्की दिंदै बस्तीभरिको एउटा मात्र कलको ह्याण्डल खोलेर लगेपछि उनीहरु पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी अजय मल्लिक डोमले बताउनुभयो । 

करीब एक कट्ठा जग्गामा डोमको पाँचभन्दा बढी पुस्ताले बसोबास गर्दै आएकामा अहिले त्यो स्थानीयवासी यादवको अतिक्रमणले गर्दा १५ धुरमा सीमित भएको छ । “अहिले सो जग्गामा पनि प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत डोमका लागि घर बनाइदिन लागेपछि विजयले सो जग्गा आफ्नो भन्दै कलको ह्याण्डल खोलेर लगेपछि पूरै डोम बस्तीले पोखरीको पानी खान थालेको छ”, अजयले भन्नुभयो । 

विजयले डोमहरुलाई कलमा छोए कुटपिट गर्ने र पानी खाए  ठेगान लगाउने भन्दै धम्की दिएर गएपछि पूरै डोम बस्तीका सबै जनाले घर अगाडिकै फोहर पोखरीको पानी ल्याएर खाना पकाउने, पिउने र  नुहाउने, लुगा धुने र  गाईवस्तुलाई  खुवाउने गरेको पीडित विजय मल्लिक डोमले बताउनुभयो ।

चारैतिर यादव बस्तीका बीचमा पाँच घर मात्रै डोम समुदायका घर छन् ।  वडाध्यक्ष रामविनेक यादवले यसबारे कुनै चासो नदिएको पीडित डोमहरुले आरोप लगाएका  छन् ।  प्रदेशसभा सदस्य कौशलकुमार यादवले पनि  यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउँदै आफूले यसबारे पहलकदमी लिने आश्वासन दिनुभयो ।

सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले पनि आफूलाई यस घटनाबारे जानकारी नरहेको र पत्ता लगाएर आवश्यक कदम चाल्ने विश्वास दिलाउनुभयो ।  महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे हालसम्म कुनै जानकारी वा जाहेरी नआएको बताउँदै आफूले बुझेर तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाइने दृढता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य