२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

सभामुख शाहीद्वारा स्वास्थ्य सामग्री सहयोग

११ बैशाख २०७७, बिहीबार ०३:४७

वैशाख ११, दैलेख | कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । उहाँले बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक पिपिआरलगायत स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्र नं २ का अध्यक्ष बखत भण्डारीले नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । स्वास्थ्य सामग्री सहयोग गर्ने उहाँहरुलाई नगर  प्रमुख सूर्यबहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभयो । 

यसैबीच भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधि तथा अन्य सामग्री वितरण गरिएको छ ।  अब ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको शाहीले जानकारी दिनुभयो । 

डुगेश्वरमा  ८६ को परीक्षण

 डुगेश्वर गाउँपालिकामा एकै दिन ८६ जनाको र्यापिड डायग्नोष्टि टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ  । भारतबाट गाउँपालिकामा आएकामध्ये पहिलो चरणमा तिनको  स्वास्थ्य कार्यालयका डा जीवन ज्ञवालीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो । 

जिल्लामा भारतबाट आएका व्यक्तिको एक हजार पाँच सयभन्दा बढी छन् । अहिले आरडिटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । बुधबारसम्म जिल्लामा ५८६ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

 लकडाउनमा पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ । आइतबार र सोमबार भारतका विभिन्न नाकाबाट पैदल यात्रा गरेर दैलेख भित्रिएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा ९५० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान