२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

सभामुख शाहीद्वारा स्वास्थ्य सामग्री सहयोग

२०७७, ११ बैशाख बिहीबार ०३:४७

वैशाख ११, दैलेख | कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । उहाँले बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक पिपिआरलगायत स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्र नं २ का अध्यक्ष बखत भण्डारीले नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । स्वास्थ्य सामग्री सहयोग गर्ने उहाँहरुलाई नगर  प्रमुख सूर्यबहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभयो । 

यसैबीच भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधि तथा अन्य सामग्री वितरण गरिएको छ ।  अब ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको शाहीले जानकारी दिनुभयो । 

डुगेश्वरमा  ८६ को परीक्षण

 डुगेश्वर गाउँपालिकामा एकै दिन ८६ जनाको र्यापिड डायग्नोष्टि टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ  । भारतबाट गाउँपालिकामा आएकामध्ये पहिलो चरणमा तिनको  स्वास्थ्य कार्यालयका डा जीवन ज्ञवालीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो । 

जिल्लामा भारतबाट आएका व्यक्तिको एक हजार पाँच सयभन्दा बढी छन् । अहिले आरडिटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । बुधबारसम्म जिल्लामा ५८६ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

 लकडाउनमा पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ । आइतबार र सोमबार भारतका विभिन्न नाकाबाट पैदल यात्रा गरेर दैलेख भित्रिएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा ९५० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना