२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकाले काठमाडौँमा रोकिएकाहरुलाई गाउँ ल्याउन निशुल्क बस पठाउँदै

२०७७, ११ बैशाख बिहीबार ११:१४

अनिल अधिकारी | वैशाख ११, काठमाडौँ | विश्व कोरोनाको महामारीको कहरमा गुज्रदै गर्दा नेपाल ३१ दिनदेखि लकडाउनमा छ । जारी लकडाउन खुल्ने कुरामा कुनै निश्चितता छैन । यस्तो अवस्थामा आ-आफ्नो गन्तव्यमा जान नपाई कयौं मानिस काठमाडौँमा रोकिएका छन् । यसै विषयलाई मध्येनजर गर्दै धादिङको ज्वालामुखी गाउँपालिकाले शुक्रबार काठमाडौँमा समस्यामा रहेका विद्यार्थी, मजदुर तथा गाउँपालिकामा स्थायी घर भई समस्यामा रहेकाहरुलाई उद्दार गर्ने भएको छ । 

समस्यामा परेका र जारी लकडाउनका कारण काठमाडौँमै बस्न बाध्य भएकाहरुलाई गाउँपालिकाले काठमाडौँको बसपार्क, कलंकी हुँदै गाउपालिकासम्म निशुल्क बसको व्यवस्था मिलाएको जनाएको छ । गाउँ जान चाहनेहरुले बिहिबार बेलुकासम्ममा आफ्नो नाम टिपाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ । काठमाडौँबाट शुक्रबार बेलुका ५:३० बजे बस छुट्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सूचना समन्वय शाखाका अनुसार काठमाडौँमा हेमराज छत्कुली (9851220250) र रामबाबु अधिकारी (9851282025) लाई फोन सम्पर्क गरि इच्छुकहरुले आफ्नो नाम टिपाउन सक्नेछन् । 

यसै बिषयमा गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाले गाउँ आउन चाहनेहरुलाई निशुल्क बसको व्यवस्था भएको बताउदै इच्छुकहरुले टिपाएको नामको आधारमा बस व्यवसायीहरुसंग समन्वय गरि आवश्यक शंख्यामा बसहरु काठमाडौँसम्म पठाउने निर्णय भएको जानकारी दिए । उनले भने 'बस चढ्न आउनेहरुलाई लक्षित गरि गाउँपालिकाबाटै माक्स र स्यानीटाइजर उपलब्ध गराइन्छ । गाउँ आएपछि लकडाउनको अनुशासन पालना गरि घरमै बस्न हामीले आग्रह गर्ने छौं ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा