२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ मा भारतबाट लुकीछिपी भित्रिए एक हजार

११ बैशाख २०७७, बिहीबार १४:३२

वैशाख ११, जनकपुरधाम | मुलुकमा लकडाउन भएपछि प्रदेश नं २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

यस प्रदेशअन्तर्गतका आठवटै जिल्ला भारतसँग जोडिएका रहेकाले बढी सचेत रहनुपर्ने अवस्था देखिएको छ । प्रवेश गरेका मानिसलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेशनमा राखिएको छ ।  भारतबाट प्रवेश हुन नदिनका लागि स्थानीयले सचेत हुनुपर्ने, स्थानीय प्रहरी र नगर वा गाउपालिका, वडा कार्यालय र समाजिक विकास मन्त्रालयमा खबर गर्न उहाँले सुझाव दिनुभएको छ ।

यसैबीच, लकडाउनका कारण कृषि क्षेत्र प्रभावित भएकाले कृषिजन्य पदार्थको ढुवानीका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कोभिड–१९ र्यापिड रेसपोन्स टिमलाई क्रियाशील गरेको छ । सोका माध्यमबाट किसानले कृषि क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्याउनका लागि जिल्लाका कृषि ज्ञान केन्द्रलाई जिम्मेवारी तोकिएको उहाँले जानकारी गराउनुभयो । 

सोअन्तर्गत, कृषि ज्ञानकेन्द्र सप्तरी, कृषि ज्ञानकेन्द्र धनुषा, कृषि ज्ञान केन्द्र महोत्तरी र सर्लाहीका साथै बारा, पर्सा, रोतहट, सिरहास्थित कृषि ज्ञान केन्द्र र जनकपुरस्थित उष्णप्रदेशीय बागवानी नर्सरी केन्द्रलाई तोकिएको हो । यस्तै, पशुपक्षीतर्फ मत्स्य विकास केन्द्र लहान, सिरहा, मत्स्य विकास केन्द्र फत्तेपुर, सप्तरीलाई तोकिएको छ भने धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लास्थित भेटनरी तथा पशुसेवा विज्ञ केन्द्रलाई तोकिएको सचिव डा रामप्रसाद घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य