२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा ७२२ को रिपोर्ट नेगेटिभ

१३ बैशाख २०७७, शनिबार १४:०४

वैशाख १३, दैलेख | महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट गाउँपालिकामा आएका ४३ र संयुक्त अरब इमिरेट्सको दुबईबाट आएका एक जनाको स्वास्थ्य जाँच गरिएको हो । 

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तर्कबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो । महाबु –५ वडाका गरीब, असहाय र  विपन्न वर्गका एक हजार १२१ घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिका सूचना अधिकारी टीका रोकायले बताउनुभयो । 

दैलेखमा भारतबाट आएका व्यक्ति एक हजार पाँच सयभन्दा बढी भएपछि आरडिटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । आजसम्म दैलेखमा ७२२ जनाको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको तथा नौ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । सरकारले लकडाउनको घोषणा गरेको भए पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ । 

स्वास्थ्य सामग्री हस्तान्तरण

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष एवं भैरहवा सुनचाँदी पसलका सञ्चालक कुलबहादुर विकले व्यक्तिगत खर्चमा रु दुई  लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य संस्था, पत्रकार, सुरक्षा निकाय, कारागारमा रहेका कैदी बन्दीलाई वितरण गर्नुभएको छ । वितरित सामग्रीमा ६–६ सय थान मास्क,  साबुन र पञ्जा र ८५ थान सेनिटाइजर छन् । 

दैलेखका सबै सञ्चार संस्थामा सामग्री पुर्याउने जिम्मा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीकृष्ण देवकोटालाई दिइएको छ । स्वास्थ्य कार्यालय दैलेखमा भने विकले आफैँ पुगेर सामग्री प्रदान गर्नुभएको छ । सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्ेलले विपत्का बेलामा स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पत्रकारको भूमिका विशेष हुने भएकाले यस्ता समूहलाई सहयोग गरेकामा धन्यवाद दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह