नन्दराम जैशी/साउन ४, जुम्ला । वर्षायाम शुरु भएसंगै जुम्लाबाट छुट्ने छोटो तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/साउन ४, जुम्ला । वर्षायाम शुरु भएसंगै जुम्लाबाट छुट्ने छोटो तथा "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा वर्षायाम शुरु भएसंगै यातायात सेवा संचालनमा समस्या

४ श्रावण २०७३, मंगलवार ०४:३५


नन्दराम जैशी/साउन ४, जुम्ला । वर्षायाम शुरु भएसंगै जुम्लाबाट छुट्ने छोटो तथा लामो दुरीका यातायात सेवा संचालनमा समस्या भएको छ ।

निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गमा बाराम्बार पहिरोले सडक अवरुद्ध्र हुँदा नियमित यातायात सेवा संचालनमा समस्या भएको हो । निरन्तरको वर्षाका कारण यातायात सेवा संचालनमा असहजता भैरहेको कर्णाली अंचल यातायात व्यवसायी संघले जनाएको छ ।

 त्यसमा झन् सडकमा बारम्बार पहिरो जाने क्रमसँगै कालिकोट जिल्लाको खल्लागाँड भन्ने ठाउमा हिजोआज पहिरो गएका कारण सडक अवरोध भएका छ । सडक अवरोध भएपछि यातायात सेवा संचालनमा समस्या भएको कर्णाली अंचल यातायात व्यवसायी संघका वरिष्ठ ईन्र्चाज गणेश मल्लले बताए । साउन १ गते देखी कालिकोट कै पिली र बित्र्तामोडमा पनि पहिरोले बाटो अवरोध भएको उहाँको भनाई छ ।

 अहिले जुम्ला सदरमुकाम बाट गएका गाडीहरु पहिरो स्थल सम्म जाने र त्यहाँ बाट उताबाट आएको अर्को गाडीमा चढेर यात्रुहरु गन्तव्य सम्म पुग्ने गरेका छन् । यस्तै छोटो दुरीका वसमा सिंजा आर्चायलिहि सम्म मात्रै गाडी पुग्ने गरेका छन् ।  

 वर्षा नसकिए सम्म यातायात सेवा संचालनमा असहजता कायमै रहन सक्ने अनुमान गरीएको छ । बर्षायाम शुरु भएसँगै यात्रुहरुलाइ असहज रुपमा यात्रा गर्न बाध्य भएका छन् । पहिले एकै दिनमा सुर्खेत पुग्ने गरेका यात्रुहरु हिजोआज २÷३ दिनसम्मको कठिन यात्राले सुर्खेत पुग्ने गरेको बताउछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ