२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता

१५ बैशाख २०७७, सोमबार ०४:०५

वैशाख १५, जनकपुधाम | प्रदेश नं २मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ ।

सङ्घीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलनका लागि परिचालित छन् । शनिबारसम्ममा प्रदेशमा एक हजार २९० जना स्वाब सङ्कलन गरिएको छ भने आइतबार ३७१ जनाको समेत गरी अहिलेसम्ममा एक हजार ६२१ जनाको स्वाब सङ्कलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सोमध्ये ८२३ जनाको रिपोर्ट आउन बाँकी छ र ८१६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात जनामा कोरोना पुष्टि भएको छ । सो सात जनामध्ये चार जना निको भइसकेको र अन्य तीन जनाको विरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा अहिलेसम्म चार हजार ५२३ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७२९ जना, सिरहामा ३३९ जना, धनुषामा ४३९ जना, महोत्तरीमा १६५ जना, सर्लाहीमा १२८ जना, रौंतहटमा ४४५ जना, बारामा १४६ र पर्सामा दुई हजार १२३ जनाको परीक्षण गरिएको सचिव डा. घिमिरेले बताउनुभयो ।

प्रदेशमा हाल विभिन्न जिल्लाको क्वारेन्टाइनमा एक हजार ४८९ जना, होम क्वारेन्टाइनमा एक हजार ६२१ जना र आइसोलेशनमा २९ जना छन् ।

स्वास्थ्य सामाग्री सहयोग 

कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पर्याप्त नभएका बेला दुई संस्थाले प्रदेश नंं २ का सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । 

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान नेपाल र नेपाल भारत युवा मैत्री सङ्घ नेपालले संयुक्तरूपमा पिपिई एक सय थान, सेनिटाइजरको बोटल एक कार्टुन, एन ९५ मास्क सय थान, सर्जिकल मास्क दुई हजार, सर्जिकल ग्लोब्स दुई हजार थान हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्रीहरु प्रतिष्ठानका तर्फबाट पूर्वमन्त्री एवं सांसद अनिलकुमार झा तथा मैत्री सङ्घका जिल्ला अध्यक्ष पकञ्ज महतो र जीवनाथ चौधरीले संयुक्त रुपमा प्रदेशको सामाजिक विकास मन्त्री नवल किशोर साहलाई आइतबार हस्तान्तरण गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली