2026-10-24 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शहरबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

केदार मगर | वैशाख १६, खोटाङ | ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो । 

घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा–४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताउनुभयो । “पक्राउ परेका युवकलाई छुटाउन राजनीतिक दलकै कार्यकर्ताबाट दबाब आइरहेको छ”, उहाँले भन्नुभयो, “आफूले गरेको कबुलियतनामा उलङ्घन गर्नेलाई सम्बन्धित वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिनेछ ।”

गत शनिबार वडा नम्बर–८ धितुङका दुई युवतीले पनि होम क्वारेन्टाइन उलङ्घन गरेकामा पक्राउ परेका थिए । पक्राउ परेका १७ वर्षीया र २१ वर्षीया दुई युवतीलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ । बन्दाबन्दीका कारण काठमाडौँबाट घर फर्कन नपाएकालाई नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जनालाई घर फर्काएको थियो । 

ती नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर ल्याइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “सङ्क्रमण फैलिन नदिनका लागि नगरपालिका सचेत छ”, उहाँले भन्नुभयो, “कबुलियतनामा उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुन्छ ।” शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा छ । शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो ।

हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने