२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुःख पाएका नागरिकलाई घर फर्काइँदै

१७ बैशाख २०७७, बुधबार ०३:४६

वैशाख १७, सिन्धुपाल्चोक | लामो समयदेखि देश लकडाउन भएपछि समस्यामा परेका आफ्ना नागरिकलाई सङ्खुवासभाका स्थानीय तहले घर फर्काउन शुरु गरेका छन् । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको लामो समय बितिसक्दा पनि लकडाउन खुल्ने कुनै सङ्केत नदेखिएपछि खान र बस्न सङ्कटमा परेका उनीहरूलाई गृह जिल्ला फर्काउन पहल गरिएको हो । 

आफ्ना क्षेत्रका नेता र स्थानीय तहलाई दवाव दिन थालेकाले आ–आफ्ना नागरिकलाई गृह जिल्ला फर्काउने पहल शुरु गरिएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो । नगरप्रमुख राईका अनुसार लामो समयको लकडाउनका कारण अन्य जिल्लामा समस्याग्रस्त अवस्थामा रहेका पाँचखपनबासीको लगत सङ्कलन भइरहेको छ । जुन ठाउँमा रहेका छन् सकेसम्म उक्त ठाउँमै राहतको व्यवस्था मिलाउन आवश्यक छलफल भइरहेको समेत नगरप्रमुख राईले जानकारी दिनुभयो । 

सङ्खुवासभाबाट विभिन्न पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौँमा बस्दै आएका नागरिकहरुले जनजीवन दिनप्रतिदिन कष्टकर बनेको भन्दै आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन अनुरोध गर्दै आएका छन् । सम्बन्धित निकायसँगको समन्वयमा पूर्ण सचेतनाका साथ उनीहरुलाई घर फर्काउन पहल शुरु गरिएको काँग्रेस नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । जिल्लाका २५० भन्दा बढी नागरिकलाई तीन दिन अघि गाडी रिजर्भ गरेर राज्यमन्त्रीकै आर्थिक सहयोगमा सङ्खुवासभा ल्याउने काम भएकोसमेत नगरप्रमुख राईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ