2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता

वैशाख २२, मुगु | क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो । शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएको थिए । बाँकी रहेका खत्याड गाउँपालिकाका १३ झुगलामै रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा बसाउन खोज्दा त्यहाँ बस्न नमानेपछि आइतबार पालिकाका अन्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने सल्लाहअनुसार उनीहरु त्यहाँ रहेको पालमा बसेका थिए । 

“आइतबार बिहान ११ बजे पालमा बसेकामध्ये विकका दाजुसहित तीन जना नुहाउन गएका थिए, विक नदीमा बेपत्ता भएपछि उनका दाजु र अर्का व्यक्ति दौडँदै कर्णाली नदीमा बेपत्ता भएको खबर गराएका थिए”, गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलाले भन्नुभयो ।

कर्णाली नदीको छेउमा विकका कपडा भेटिएको र नुहाउँदा दाजुसमेत सँगै भएकाले विक नदीमा बेपत्ता भएकै हुनसक्ने अनुमान गरिएको छ । विकलाई खोज्न नदी किनारमा बाजुरा, कालीकोट र मुगुका प्रहरी खटिएका छन् । नुहाउँदा बेपत्ता भए वा आइतबारदेखि क्वारेन्टाइनमा बस्नुपर्छ भनेर लुगा छोडी कतै भागे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

बाँकी १२ जनालाई अहिले झुगलामा रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । नेपालतर्फका नाका केही खुकुलो भएकाले भारतमा रहेका मुगाली ठूलो सङ्ख्यामा आउन सक्ने भएकाले अब केही जोखिम हुनसक्ने स्थानीय प्रशासनले अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल