मंगलबार गोठलापानीमा आयोजना गरेको सभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा"/>
मंगलबार गोठलापानीमा आयोजना गरेको सभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा"/>
नरी बडु, साउन ४, बैतडी । बैतडीमा १५ सदस्यीय वीपी चिन्तन प्रतिष्ठान जिल्ला कार्यसमिति गठन गरिएको छ ।
मंगलबार गोठलापानीमा आयोजना गरेको सभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा शिवराज भट्ट, उपाध्यक्षमा हर्कबहादुर चन्द, सचिवमा पुरनचन्द्र लेखक, कोषाध्यक्षमा टेकराज जोशी र सहसचिवमा रमेश कोली चयन भएका छन् ।
प्रतिष्ठान तदर्थ समितिका संयोजक शिवराज भट्टको सभापतित्व र कांग्रेस जिल्ला सभापति नरेन्द्रसिंह थापाको प्रमुख आतिथ्यमा भेला आयोजना भएको थियो । आगामी ४ वर्षका लागि हुनेछ । समितिले साउन ६ गते वीपी स्मृति दिवसका दिन अस्पतालका बिरामीलाई फलफूल र जुस वितरण गर्ने कार्यक्रम तय गरेको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए ।