२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा सजगताका लागि सीमानाकामा कडाइ

२४ बैशाख २०७७, बुधबार ०५:१६

वैशाख २४, बर्दिया | बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँंगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ । सीमा जोडिएका ती  जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ गरेको छ । 

जिल्लामा संक्रमण हुन नदिन बाँकेबाट हुँदै आएका सबै किसिमका सवारी साधनका जाँचमा कडाइ गर्दै हरियो तरकारी, फलफूल, कोइला, तोरी र जंकफुड भित्र्याउने ढुवानीका साधनलाई तत्काललाई रोक लगाइएको प्रशासनले जनाएको छ । जिप्रकाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाबाट हुने आवागमन तथा ढुवानीमा भइरहेको जाँचलाई थप कडाइ गरी बाँकेतर्फबाट आउने ती वस्तु ढुवानी गर्न तत्काललाई रोक लगाएको हो । 

त्यस्तै लकडाउन अवधिभर खाद्यान्न ढुवानी र खाली  सवारी साधन, निर्माण र अन्य उपभोग्य सामग्री, कुखुरा, अण्डा, दाना तथा कृषिमललगायत चार पांग्रे सवारी साधनबाट हुने ढुवानी बेलुकी ७ बजेपछि मात्र गर्न पाइने जनाइएको छ । बाँके नेपालगञ्ज नाका जोड्ने नगरपालिका, गाउँपालिका र छिमेकी जिल्लामा कोरोना संक्रमित बढेसँगै बर्दियामा उच्च सतर्कता अपनाइएको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठले बताउनुभयो । त्यसैगरी बाँसगढी नगरपालिकामा पूर्वपश्चिम राजमार्गमा पर्ने बाँके जोड्ने सीमानाकामा मानखोलाको पुलमा जाँच कडाइ गरिएको बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो ।

त्यसै गरी कैलाली जिल्ला जोड्ने सीमानाका, राजापुर नगरपालिकाका सम्पूर्ण नाका सत्तिघाट कर्णालीको पुलबाट आउजाउ कडाइका साथ बन्द गरिएको राजापुर नगर प्रमुख शिव थारुले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाले पनि कैलाली जिल्ला जोड्ने बर्दियाको कर्णाली चिसापानी पुल र नगरका सम्पूर्ण नाका कडाइका साथ बन्द गरिएको नगर प्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो । मधुवन नगरपालिकाले कोठीयाघाट पुलमा बार लगाएर आवतजावत बन्द गरेको छ भने डल्ला गाउँ प्रवेश गर्ने सडकमा बार लगाएर आवतजावत ठप्प पारिएको छ । 

त्यस्तै बारबर्दिया नगरपालिकाले बारबर्दिया र मधुवन नगरपालिका जोड्ने कुसुम्माघाटको झोलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । बाँकेबाट हुने आवागमन र ढुवानीमा रोक र  सीमानाकामा जाँचमा थप कडाइ गरिएको बर्दियाका प्रजिअ प्रेमनाथ लामिछानेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बर्दियाले कोही व्यक्ति भारत वा तेस्रो मुलुक वा संक्रमण देखिएको जिल्लाबाट लुकिछिपी आएमा त्यसको सूचना नजीकको सुरक्षा वा स्थानीय निकायमा जानकारी दिन सबैसँग आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै कैलाली र भारततर्फका नाकामा कडाइ गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै