साउन ४, पर्वत । जिल्लाको दक्षीण क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न सोमबारदेखि हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा संचालनमा आएको छ । दक्षिण भेगका बासीन्दालाई लक्षित गरी क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पर्वत । जिल्लाको दक्षीण क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न सोमबारदेखि हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा संचालनमा आएको छ । दक्षिण भेगका बासीन्दालाई लक्षित गरी क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जो"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हुवासमा इलाका प्रशासन

२०७३, ४ श्रावण मंगलवार ११:२९

साउन ४, पर्वत । जिल्लाको दक्षीण क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न सोमबारदेखि हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा संचालनमा आएको छ । दक्षिण भेगका बासीन्दालाई लक्षित गरी क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी र तत्तकालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको विशेष पहलमा दक्षिण भेगमा इलाका प्रशासन आर्थिक बर्ष ०७३÷७४ बाट शुरु गरिएको हो ।

सेवा प्रारम्भको अवसरमा इलाका प्रशासन कार्यालय हुवास वाट २ वटा नागरिकता वितरण गरिएको थियो । जसमा पहिलोे नागरिकता लिनेमा हुवास गाबिसमा बस्ने फरक क्षमता भएकी बर्ष १८ की चन्द्र कुमारी राना हुन भने अर्की उराम गाबिसकी मनिषा तिवारीले पनि नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जानकारी दिए ।

पर्वतको दक्षीण क्षेत्रमा रहेका १६ गाविसलाई सेवा दिनको लागि इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । उक्त क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका बासिन्दालाई नागरिकता लगायतका प्रशासनिक सेवा लिन निकै सहज हुने भएको छ । हजारौं रुपैयाँ खर्चेर प्रशासनिक कामको लागि तिन जिल्लाको फन्को मारेर सदमुकाम कुश्मा आउनु पर्ने बाध्यता हटेपछी स्थानिए बासी हर्षित भएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मरासिनीले इलाका प्रशासन कार्यालयको व्यानर खोलेर औपचारिक रुपमा सेवा भएको घोषणा गरेका थिए । इलाका प्रशासन कार्यालयको शुभारम्भ कार्यक्रममा नेपाली काङग्रेस जिल्ला कमिटि सभापती खेम प्रसाद भुषाल, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पदम गीरी,नेकपा माओवादी केन्द्र पर्वतका अध्यक्ष कृष्ण प्रसाद पराजुली, राप्रपा पर्वतका नारायण भुषाल बिभन्न राजनितिक दलका शिर्षव्यक्तित्वहरु, बिभिन्न सघ सस्थाका प्रतिनिधिहरु लगाएतले उक्त क्षेत्रको विकास तथा सेवालाइ पारदर्शी बनाउन जोड दिने प्रतिवद्धता व्यक्त गरेका छन ।

इलाका प्रशासन कार्यालयको लागि घर भाडामा लिई ग्रामीण भेगका नागरीक लाई प्रशासनिक सेवा सुविधा दिन थालेको प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जानकारी दिए । उनका अनुसार मासिक २५ हजार रुपैयाँ घर भाडा तिरी उक्त क्षेत्रमा प्रशासनिक सेवा सुविधा दिईन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ