२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

मालिकामा पूजा मात्रै

२५ बैशाख २०७७, बिहीबार ११:३२

वैशाख २५, दुल्लु | अघिल्ला वर्षहरुमा दुल्लु नगरपालिका वडा नं १३ स्थित मालिका मन्दिरमा बुद्धजयन्तीको अघिल्लो दिन हजारौँ मानिसको जमघटमा रातभरि मन्दिर परिसर नजिकै रहेको चौरमा ठूलो मालिका मेला लाग्ने गथ्र्याे । रातभरि हजारौँ मानिस मालिका मेला भर्न थान्थे भने सयौँ जोडी दोहोरी, देउडा, भजनकीर्तन र टाढाटाढा रहेका आफन्त भेटघाट गर्न मस्त हुन्थे भने गाउँमा उत्पादित दैनिक प्रयोजनमा प्रयोग हुने सामग्री किनमेल गर्न मस्त देखिन्थे ।

रातभर जाग्राम बस्ने र भोलिपल्ट पूर्णिमाको दिन मालिका माईको पूजा गरी त्यहाँको प्रसाद आफूले ग्रहण गर्ने र घरपरिवारलाई ल्याउने परम्परा रहे पनि यो वर्ष कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन रोकथामका लागि स्थानीय प्रशासनले  मानिसको जमघटमा रोक लगाएपछि एकजना पुजारीले मालिका माईको पूजाआजा गरी यसपालि पनि नियमित कामलाई निरन्तरता दिनुभएको छ ।

मालिका माई मन्दिरका पुजारी भक्तिप्रसाद उपाध्यायले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर शाहलाई सामाजिक दूरी कायम गर्दै आज बिहान नियमित पूजापाठ गरी नियमित गरिने मालिका पूजाको कार्य सम्पन्न गर्नुभयो । 

जिल्लाभरका एक घरपरिवारबाट एकजना सो मेलामा सहभागी हुने र अघिल्लो दिन रातभर जाग्राम बसी भोलिपल्ट पूर्णिमाको दिन पूजा गरी त्यहाँको प्रसाद ग्रहण गरी घरपरिवारको भलो हुने जनविश्वास रहिआएको छ । जिल्लाभरका एक घरबाट एकजना सदस्य मालिका मेलामा सहभागी हुने प्रचलन हुँदा त्यस मेलमा करिब १५ देखि २० हजार मानिसको  जमघट हुने अघिल्ला वर्षहरुमा हुने मालिका माईका पुजारी उपाध्यायले जानकारी दिनुभयो । 

सकेसम्म पाँचजनाभन्दा बढी धर्मिक कार्यमा सहभागी नहुन र यदि भएमा सामाजिक दूरी कायम गर्दै पूजा सम्पन्न गर्न स्थानीय प्रशासनले सूचना जारी गरेको थियो । ११ स्थानीय तह र ९० वडा रहेको दैलेखमा वैशाख पूर्णिमामा गरिने सयौँ धार्मि स्थलका कार्य सामाजिक दूरी कायम गर्दै स्थानीय प्रशासनको निर्णयअनुसार सम्पन्न भएका छन् । 

स्थानीय प्रशासनले जिल्लाका सबै नाका सिल गरेको छ भने लकडाउनलाई कडा पारेको छ  । यस्तै सीमा नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरेको छ भने बजार अनुगमनलाई पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ