प्रभात सुवेदी । साउन ४, बर्दिया । व्यास जयन्ती तथा गुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ४, बर्दिया । व्यास जयन्ती तथा गुर"/>
2026-09-04 07:32 AM
बर्दिया - BRD

गुरु हैन सद्गुरु चिनौँ

प्रभात सुवेदी । साउन ४, बर्दिया । व्यास जयन्ती तथा गुरु पूर्णीमा आज जिल्लाभरी विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । 

हिन्दु स्वयंसेवक संघको आयोजनामा विशेष ध्वजापूजन तथा गुरुदक्षिणाको कार्यक्रम गरि सदरमुकाम गुलरियामा व्यास जयन्ती तथा गुरु पूर्णीमा मनाइएको हो ।

कार्यक्रममा आफ्नो उद्वोधन मार्फत पण्डित डिल्ली प्रसाद उपाध्यायले हामीले प्राप्त गर्ने हरेक ज्ञानको गुरु हुने तर वास्तविक रुपमा हामीले गुरु मात्रै नभएर सद्गुरु चिन्नु पर्ने आजको आवश्यकता भएको कुरा औंल्याउनु भयो । प्रथम गुरु ईश्वर, दोस्रो गुरुको रुपमा जन्म दिने माता र तेस्रो गुरुका रुमा ज्ञान दिने गुरुलाई मान्नु पर्ने बताउनुहुँदै भगवान वेद व्यास नै प्रथम गुरु हुनुभएकोले वहाँकै जन्मदिनका अवसरमा हरेक आषाढ शुक्ल पूर्णीमालाई व्यास जयन्तीका रुपमा मनाउने परम्परा रहेको वताउनुभयो ।

हिन्दु वाङ्मय अनुसार गुरुलाई चार भागमा अर्थात वयोवृद्ध, सम्बन्धवृद्ध, विद्यावृद्ध र नीतिवृद्ध गरी विभाजन गरिएको बताउनुहुँदै सम्पूर्ण गुरुहरुलाई हामीले उत्तिकै श्रद्धापूर्वक सम्मान गर्नुपर्ने औंल्याउनुभयो । 

हिन्दु स्वयं सेवक संघका अभियान्ता एवम् अध्यात्म चिन्तक अयोध्याप्रसाद श्रीवास्तवले जन्म तथा जातले भन्दा पनि मानिस कर्मले शुद्ध हुने भएकोले हामीले ब्राह्मण बन्नका लागि शुद्ध कर्म अपनाउनुपर्ने कुरा औंल्याउनुहुँदै वर्तमान समयमा ब्राह्मणको मर्यादा लोप हुँदै गएको र अबको केही वर्षपछि हाम्रो संस्कृति पश्चिमीहरु आएर सिकाउनु पर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाका प्रवुद्ध धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसैगरी व्यास जयन्ती तथा गुरु पूर्णीमाको अवसरमा गुलरिया नगरपालिका शान्तिटोलमा रहेको व्यास मन्दिरमा विशेष पूजा अर्चना गरिएको छ । यसैगरि कालिका स्थित सुदामा वृद्ध सत्ुसङ्ग समूहमा पनि विशेष सत्सङ्ग कार्यक्रमको आयोजना गरिएको छ ।

पछिल्लो समयमा विभिन्न शैक्षिक संस्थाहरुमा पनि शिक्षकहरुलाई विद्यार्थीहरुले सम्मान गर्ने, उपहार दिएर गुरु पूर्णीमा मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ