By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: तीन दिनअघि मुम्बईबाट आएका कोरोना संक्रमित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > तीन दिनअघि मुम्बईबाट आएका कोरोना संक्रमित
काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

तीन दिनअघि मुम्बईबाट आएका कोरोना संक्रमित

साझासवाल
Last updated: May 12, 2020 6:34 am
साझासवाल
4 Min Read
Share

वैशाख ३०, रुपन्देही | रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताउनुभयो । 

भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए । उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्याएका थिए । यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका ४५, ३० र २६  वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् । 

सोही क्वारेन्टाइनमा रहनुभएकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई १ का वडाध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लैजानुभएकामा स्थानीयवासी, सञ्चारमाध्यम र प्रशासनको दवाबपछि पुनः क्वारेन्टाइन फिर्ता गर्नुभएको थियो । 

मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवल स्थत कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताउनुभयो । उहांँले भन्नुभयो,“ पोजिटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएका हुन् ।”  

संक्रमित बालिकासँगै बसेका सबैको  परीक्षण 

राजापुर– बर्दियाको राजापुर नगरपालिका ५ मा भेटिएकी पहिलो संक्रमित बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने भएको छ ।  संक्रमित बालिकालाई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा राख्न पठाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनुभयो ।

राजापुर,  जयपुरस्थित किसान माविको क्वारेन्टाइनमा संक्रमित बालिकासँगै बसेका ३५ जना सबैको कोरोना परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोेकल पर्सन नरेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।  यही वैशाख १६ गतेदेखि क्वारेन्टाइनमा बसेकी बालिका कैलालीको धनगढी उपमहानगरपालिका, मझगाउँस्थित मामाघर र चैत ५ गते  भजनीस्थित फुपूको घरमा  दुई दिन बसेर पुनः मामाघर हुँदै वैशाख १६ गते राजापुर फर्केकी थिइन् । 

छिमेकी नगरपालिकामा संक्रमण पुष्टि भएसँगै सम्भावित संक्रमण रोकथाम र नियन्त्रण गर्न आजदेखि गेरुवा गाउँपालिकाले सम्पूर्ण नाका पूर्ण रूपा बन्द गरेको अध्यक्ष जमानसिंह केसीले जानकारी दिनुभयो ।

संक्रमितलाई बुटवल लगिने

जीतपुर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ७ बजे कोरोना संक्रमण पुष्टि गरेको कपिलवस्तुका ६ जनालाई अहिले बिहान बुटवल पठाउने तयारी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले वताउनुभयो ।

यता कपिलवस्तुको बुद्धभूमिस्थित क्वारेण्टाइनमा बसेका दुई जनामा सोमबार साँझ संक्रमण पुष्टि भएको तर अरुबाट अलग नराखेको भन्दै क्वारेन्टाइनमा बसेकाले असन्तुष्टि ब्यक्त गरेका छन् । सोमबार साँझ संक्रमित पुष्टि भएका ६ जनामा यशोधराका चार जना छन् । उनीहरुमध्ये  वडा नं ५ र ७ मा एकएक तथा वडा नं ८ का दुई जना छन् । यस्तै दुई जना बुद्धभूमि, मानपुरका हुन् । 

उनीहरु सबै भारतको महाराष्ट्रस्थित मुम्बईवाट रेल र ट्रकमार्फत आएका हुन् । यशोधरामा फेला परेका नयाँ चार जना भारतबाट आएपछि घरमा गएर मात्र क्वारेण्टाइनमा बसेको वताइएको छ । 

यसैबीच कपिलवस्तुबाट शनिबार काठमाडौँ स्वाब परीक्षणका लागि पठाइएका २९०मध्ये २५२ जनाको  नतिजा आउँदा १६ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

बिहान १० जनाको संक्रमण पुष्टि भएकामा साँझ पुनः ६ जना थपिएपछि १६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मायादेवी र शुद्धोधनका पाँच जना संक्रमितसहित कपिलवस्तुमा कुल २१ जनामा संक्रमण देखिएको हो  ।

 स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तु जिल्लामा थप स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली आउने भएको छ । पूर्वमन्त्री एवं संघीय सांसद चक्रपाणि खनालको पहलमा जिल्लामा स्वास्थ्य सामग्रीसहितको विज्ञ टोली आउने भएको हो ।  मन्त्रालयले आवश्यक पर्ने जनशक्तिसँंगै पिसिआर किट, दु्रत परीक्षण किटलगायत स्वास्थ्य सामग्रीसहितको विज्ञ टोलीलाई आजै काठमाडौँबाट कपिलवस्तुका लागि पठाउने तयारी गरेको सांसद खनालले बताउनुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article भारतको मुम्बईमा ७५० दैलेखी अलपत्र
Next Article तीन आइल्याण्डका नेपालीको नेपाल फर्कने चाहना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अब क्षेत्रीय प्रशासक नै प्रदेशका प्रमुख सचिव हुने

57 years ago
काठमाडौँ - KTMसमाज

बाह्र अर्बको राजश्व छलीः आठ सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा

57 years ago
महोत्तरी - MHTसमाज

महोत्तरीमा सुन चोरीको आरोपमा २ युवक जेल चलान

57 years ago
काठमाडौँ - KTMप्रवास

भूतपूर्व गोर्खा सैनिकका मागलाई लिएर नेपाल र बेलायतबीच नोभेम्बरमा वार्ता हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?