एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आ"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा

१ जेष्ठ २०७७, बिहीबार १६:०९

जेठ १, काठमाडौं । पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयम्सेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा गराएको छ ।


एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका नाजिफमा आबद्ध ११ जना, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत राहत वितरणमा खटिएका १४ जना र इन्स्योरेन्स खवरमा कार्यरत चार तथा फोरममा आबद्ध एक जना गरी कूल ३० जना पत्रकारहरुको बीमा गराएको हो ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बीमा शुल्क बुझाएर कूल ३० लाख बीमाङ्कको कोरोना बीमा गरिएको फोरमका संयोजक नबराज न्यौपानेले बताए ।

‘कोरोना महामारीमा फ्रन्ट लाईनमा खटिएका पत्रकारहरुको मनोबल उच्च राख्न कोरोना बीमा गरिएको हो, पत्रकारहरुलाई भोकै रहन नदिने उद्देश्यले राहत वितरणमा खटिएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुको बीमा गरिएको छ ।’ संयोजक न्यौपाने भने, ‘आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप २० जना पत्रकारहरुको बीमा गर्ने योजनामा छौं ।’

एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले पत्रकारहरुको कोरोना बीमा एनएलजी इन्स्योरेन्सबाट गर्न पाउँदा खुशी लागेको बताए । फ्रन्टलाईनमा खटिने पत्रकार, स्वास्थ्यकर्मी, राहत वितरणकर्ताहरुलाई कोरोना बीमा जरुरी रहेको उनले बताए ।

बीमा समितिको ५२ औं बार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नबराज न्यौपानेलाई आज सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले कूल ५० जना पत्रकारहरुको कोरोना बीमा गर्ने घोषणा गरेको र बाँकी पत्रकारहरुको दोस्रो चरणमा बीमा गरिने जनाएको छ ।

कोरोना बीमा नेपालमा सञ्चालित २० वटै निर्जिवन कम्पनीहरुले सामूहिक जोखिम वहन गर्ने गरी पूलमार्फत सञ्चालन गरिदै आएको कोरोना महामारीमा राहत तथा प्रोत्साहन बीमा योजना हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता