2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बाँकेमा भेटिएका सबै सङ्क्रमित भारतबाट अवैध रुपमा भित्रिएका

जेठ २, बाँके | बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । 

गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार सङ्क्रमित सबै भारतबाट आएका हुन् । उनीहरुको यसअघि नेपालगञ्जमा भेटिएका सङ्क्रमितसँग सम्पर्क नरहेको पाइएको छ । सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भएको छ । 

हाल नरैनापुरमा ४४१ जना क्वारेन्टाइनमा छन् । सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकाले अझै सजगता आवश्यक देखिएको श्रेष्ठले बताउनुभयो ।  नरैनापुर गाउँपालिकामा पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँका अनुसार भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासीलाई गाउँपालिकाले सीमाबाट उद्धार गरेर १०  क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको छ । 

परीक्षणमा जनशक्ति थप व्यवस्थापन 

कोरोना परीक्षण दायरा बढाउन कोरोना परीक्षण प्रयोगशालामा जनशक्ति थप व्यवस्थापन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तह तथा विभिन्न अस्पतालका २०  स्वास्थ्यकर्मीलाई स्वाबको नमूना सङ्कलन गर्ने तालीम दिएर जनशक्ति थप गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन  श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय तहमा कार्यरत ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टलाई तालीम दिइएसँगै अब बाँकेमा स्वाब सङ्कलन गर्ने जनशक्ति बढेको छ । जनशक्ति बढेसँगै अब शङ्कास्पद घटनाका आधारमा नमूना सङ्कलनको दायरा बढाइने छ । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले स्वाब सङ्कलन गर्ने जनशक्ति थपिएसँगै अब समुदायस्तरमा परीक्षणले थप गति लिने बताउनुभयो । कोरोना परीक्षणको नतिजामा कुनै शङ्का नगरी सहभागी हुनसमेत उहाँले शङ्कास्पद सबै नागरिकमा आग्रह गर्नुभयो ।

भेरी अस्पतालमा बिहीबार दिउँसोसम्म एक हजार ११८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन भएकामा एक हजार १०८ को परीक्षण सम्पन्न भएको छ । एक हजार ८४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आउँदा २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

सशस्त्र अस्पतालमा कोरोना परीक्षण 

कोहलपुरमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकसहित ३० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।  अस्पतालमा रहेका एक कर्मचारीलाई कोरोना सङ्क्रमणको लक्षण देखिएपछि अन्य कर्मचारीको स्वाब सङ्कलन गरीएको हो । अस्पतालमा कार्यरत एक  प्रहरी जवानलाई कोरोना सङ्क्रमणको आशङ्का गरिएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती प्रहरी जवान हाल काठमाडौँमा रहे पनि केही दिन पहिलेसम्म कोहलपुरस्थित सशस्त्र अस्पतालमा कार्यरत थिए । काठमाडौँ दरबन्दी भए पनि लकडाउनका कारण कोहलपुरमै रोकिएकाले उनी सशस्त्र प्रहरीको अस्पतालमा हाजिर लगाउँदै आएका थिए ।

केही दिनअघि काठमाडौंँबाट औषधि लिएर आएको सशस्त्रको गाडीमा कञ्चनपुरबाट फर्किएका एक महिलासँगै र कोहलपुरबाट गएका प्रहरी जवानलाई कोरोना सङ्क्रमणको लक्षण देखिएपछि कोहलपुरबाट बिहीबार ३० जनाको स्वाब नमूना सङ्कलन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द