2026-11-02 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छोरालाई क्वारेन्टाइनमा नराखेको आरोपलाई वडाध्यक्षले गरे खण्डन

जेठ ३, सप्तरी । सप्तरीको बोदे बरसाईन नगरापलिका वडा नम्बर ६ का वडाध्यक्षले भारतबाट आएका आफ्नो छोरालाई क्वारेन्टाइनमा नराखेको विषयमा वडाध्यक्षले खण्डन गरेका छन् ।

भारतमा पढ्दै गरेको छोरालाई नेपाल ल्याएको र क्वारोन्टाइनमा नराखेको भन्ने विषयमा नेपालका विभिन्न सञ्चार माध्यमले समाचार प्रकासन गरेपछि वडाध्यक्ष जयराम साहले खण्डन गरेका हुन् ।

वडाध्यक्ष साहले विभिन्न सञ्चार माध्यममा वडाध्यक्षले भारतबाट नेपाल आएका छोरालाई घरमा राखेको विषयमा समाचार प्रकासन गरेपछि बोदे बरसाईन नगरपालिकालाई हिजो (शुत्रवार) पत्र लेख्दै समाचारमा लगाइएको आरोपलाई खण्डन गरेका छन् ।\

उनले भनेका छन्, ‘भारतमा इन्जिनियरिङ्ग पढ्दै गरेको छोरालाई वैशाख ३१ गते प्रशासनकै स्विकृतिमा बोडर्रबाट ल्याएको र नगरपालिकाको क्वारेन्टाइनमा राख्न भन्दै जिम्मा लगाएको थिए । तर, बोदे बरसाईन नगरपालिकास्थि क्वारेन्टाइनमा कार्यरत नर्स र सुरक्षाकर्मीले यो क्वारेन्टाइन नेपालीको लागि मात्रै रहेको यहाँ भारतबाट आएकालाई राख्न नमिल्ने भन्दै घर फर्काएपछि छोरालाई घरमै सुरक्षित अलगै होम क्वारेन्टाइनमा राखेको हुँ । एक रात घरको क्वारेन्टाइनमा बसेको छोरालाई भोलीपल्ट जेठ एक गते नगरपालिकाकै क्वारेन्टाइनमा जिम्मा लगाएको र अहिले क्वारेन्टाइनमै बसिरहेको छ । यस विषयमा थप बुझ्न क्वारेन्टाइनमा जान सकिन्छ ।’

वडाध्यक्ष साहले आफूलाई नसोधी र नगरपालिकामा नबुझि केहि सञ्चार माध्यमले बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

यो विषयमा नगरपालिकाका मेयर आतिश कुमार सिंहलाई बुझ्न खोज्दा उनले वडाध्यक्ष साहका छोरा एक गतेदेखि नै क्वारेन्टाइनमा रहेको प्रतिक्रिया दिएका छन् । उनले भारतीय सीमाबाट प्रवेश गर्ने सबै नागरिकलाई नगरपालिका भित्रको क्वारेन्टाइनमा राख्ने गरिएको र सबैको स्वाब संकलन गरेर नमूना परीक्षण गर्ने गरिएको पनि बताए ।

नगरप्रमुख सिंहले महामारीको यो विषम परिस्थितमा समुदायमा एक अर्काप्रति हिनता बोध गराउनु भन्दा पनि सबै सचेत नागरिक बन्नु पर्ने भएकाले समाचार सम्प्रेषणमा सत्यतथ्य र सम्बन्धीत निकायलाई सोधेर मात्रै प्रकाशन गर्नपनि आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द