2026-11-02 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ का सबै जिल्लामा संक्रमित, १०८ जना पुगे प्रदेश २ मा संक्रमित संख्या

जेठ ३, काठमाडौँ | प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित बनेका हुन् ।  सो जिल्लामा आज पहिलोपटक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा स्वाब परीक्षण गरिएका मध्ये यस प्रदेशका चार जनामा सो सङ्क्रमण पुष्टि भएको  सो निर्देशनालयले जनाएको छ ।  सिरहामा एक, पर्सामा दुई र सर्लाहीका एकसमेत चार जना भएका निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

पछिल्लो तथ्याङ्कसँगै प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०८ पुगेको छ । ती मध्ये पर्साका सर्वाधिक बढी ९१, धनुषाका चार, रौतहट, बारा र सर्लाहीका तीन–तीन, महोत्तरीका दुई र सप्तरी र सिरहाका एक/एक छन् ।

 कोभिड–१९ रोकथाम अभियानअन्तर्गत  यस प्रदेशमा शुक्रबारसम्म चार हजार ९८० को स्वाब सङ्कलन गरिएको छ । गतबुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनभित्र एक हजार ४४ जनाको स्वाब सङ्कलन भएको उहाँले बताउनुभयो । अहिलेसम्म स्वाब सङ्कलन गरिएमध्ये तीन हजार ९२४ को जाँच नतिजा आइसकेको र त्यसमा  १०८ पोजेटिभ पाइएका हुन् । एक हजार ५२ जनाको नतिजा आउन बाँकी छ । 

सीमा क्षेत्रको आवतजावत मात्र नभएर एउटै पालिकाका एक बस्तीबाट अर्को बस्तीमा पनि आवागमनमा कडाइ गरिएको छ । अनावश्यक हिँडडुल गर्ने जोसुकैलाई कारवाही गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लामा निर्देशन गरेपछि थप कडाइ बढाइएको हो । प्रदेशमा जोखिम बढ्दै जाँदा आइसोलेसन श्ययाको अभाव खट्कदै छ । प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा ५०, प्रादेशिक अस्पतालमा ४२ र वीरगञ्जकै पोखरियामा आठ श्यया छन् । अहिले सङ्क्रमित नै १०८ पुगेपछि श्यया तत्काल थप्नुपर्ने आवश्यकता औल्याइएको छ । 

महोत्तरीको जलेश्वर अस्पताल, सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र बाराको कलैया अस्पतालमा कोभिड–१९ उपचारका लागि थप श्यया ब्यवस्था गर्ने भनिए पनि ती अस्पताल यस प्रयोजनमा अझै सञ्चालन हुनसकेका छैनन् । 

प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन प्रक्रिया सघन गरिन पर्ने विज्ञले सुझाएका छन् ।

प्रदेशमा भर्खरै दुई क्वारेन्टाइन केन्द्र थपेर  १८१ बनाइएको छ । चार हजार २६७ यस्ता श्ययामा हाल एक हजार ९१५ जना रहेका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ६८८ रहेको सो  निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द