2026-07-25 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौँ

जेठ ५, चितवन | लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ । 

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडा भिडमा बाहिर नहिँड्न सुझाव दिनुहुन्छ । तीन मिटर फरकमा गुणस्तरीय मास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने  भएकाले जोखिम नमोल्न उहाँको सुझाव छ । घरमा योग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताउनुभयो । साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ । छेउबाट भिड गरी हिँड्दा उच्च जोखिमको सम्भावना  रहन्छ । 

वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कम जोखिम भए पनि भिडमा नहिँड्नु नै उपयुक्त भएको बताउनुहुन्छ । अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमको समयमा घरमै व्यायाम गर्न उहाँले सुझाव दिनुभयो । पहाडी र खाली ठाउँमा हिँडडुल गर्न र सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिए पनि शहरी क्षेत्रमा नहिँड्न उहाँको सुझाव छ । 

अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि र साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ । विगतमा भन्दा धेरै मानिस हिँड्ने गरेको देखिन्छ । मास्कविना र साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ । सामाजिक दूरी कायम गर्न कठिन छ । नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधकारीको भनाइ छ । घरमै बस्ने र व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता 

नारायणी नदीमा डुबेर दुई जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय प्रवीण दवाडी र २५ वर्षीय विवेक भट्टराई रहेका छन् ।

उनीहरु आइतबार दिउँसो ४:३० बजे महानगरपालिका–१६ को गणेश मन्दिर नजकै नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक