२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीका पहिलो संक्रमित व्यक्ति वनवासामै ३५ दिन क्वारेन्टाइन बसेका थिए

६ जेष्ठ २०७७, मंगलवार ०४:३९

जेठ ६, सुर्खेत | मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो । 

एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो । पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि रिर्पोट पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण पुष्टि गरेको हो । सङ्क्रमित व्यक्ति अहिले नगरपालिकास्थित क्वारेन्टाइनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘वनवासामै ३५ दिन क्वारेन्टाइन बसेका थिए’

भारतको आगरामा कोल्डस्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्डस्टोरकै गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमानाका वनवासासम्म आएका थिए । वनवासामा ती युवा ३५ दिन क्वारेन्टाइनमा बसेको खुलेको छ । क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबर्जस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित नगरपालिकामा पठाइएको थियो । आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जेठ १ गते महेन्द्रनगरबाट गाडी रिजर्भ गरी लक्ष्मी माध्यमिक विद्यालय, सात्तलामा बनाइएको क्वारेन्टाइनमा राखेको बताउनुभयो । ती युवासहित ३९ जनालाई एकैपटक उद्धार गरिएको थियो । 

जेठ ३ गते क्वारेन्टाइनमा बसेका सबैको पिसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । “उद्धार गरी ल्याइएपछि आरडिटी जाँच गरिएको थियो, त्यसमा रिपोर्ट नेगेटिभ देखिएको थियो”, वडाध्यक्ष विश्वकर्माले भन्नुभयो, “कोरोना पोजेटिभ देखिएको खबर पाएपछि अहिले वडा सिल (बन्द) गरेका छौँ ।” क्वारेन्टाइनमा रहेका ३९ जनाको पिसीआर परीक्षण गर्दा उनको रिपोर्ट मात्रै पोजिटिभ देखिएको थियो ।

आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिका नै सिल गर्ने तयारी गरिरहेको बताउनुभयो । महेन्द्रनगरबाट सिधै बसमा आएकाले समुदायले त्रास मान्नुपर्ने अवस्था नरहेको तर गाडीमा आएका अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’ जरुरी रहेको उहाँको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा रीता भण्डारी जोशीले सङ्क्रमित युवालाई जिल्ला अस्पताल, दैलेखमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको बताउनुभयो । “स्वास्थ्य अवस्था एकदम ‘नर्मल’ छ, थप समस्या भए दैलेख अस्पतालमा नै भेन्टिलेटर छ, त्यहीँ राखेर उपचार गरिनेछ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल