२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीका पहिलो संक्रमित व्यक्ति वनवासामै ३५ दिन क्वारेन्टाइन बसेका थिए

२०७७, ६ जेष्ठ मंगलवार ०४:३९

जेठ ६, सुर्खेत | मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो । 

एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो । पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि रिर्पोट पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण पुष्टि गरेको हो । सङ्क्रमित व्यक्ति अहिले नगरपालिकास्थित क्वारेन्टाइनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘वनवासामै ३५ दिन क्वारेन्टाइन बसेका थिए’

भारतको आगरामा कोल्डस्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्डस्टोरकै गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमानाका वनवासासम्म आएका थिए । वनवासामा ती युवा ३५ दिन क्वारेन्टाइनमा बसेको खुलेको छ । क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबर्जस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित नगरपालिकामा पठाइएको थियो । आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जेठ १ गते महेन्द्रनगरबाट गाडी रिजर्भ गरी लक्ष्मी माध्यमिक विद्यालय, सात्तलामा बनाइएको क्वारेन्टाइनमा राखेको बताउनुभयो । ती युवासहित ३९ जनालाई एकैपटक उद्धार गरिएको थियो । 

जेठ ३ गते क्वारेन्टाइनमा बसेका सबैको पिसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । “उद्धार गरी ल्याइएपछि आरडिटी जाँच गरिएको थियो, त्यसमा रिपोर्ट नेगेटिभ देखिएको थियो”, वडाध्यक्ष विश्वकर्माले भन्नुभयो, “कोरोना पोजेटिभ देखिएको खबर पाएपछि अहिले वडा सिल (बन्द) गरेका छौँ ।” क्वारेन्टाइनमा रहेका ३९ जनाको पिसीआर परीक्षण गर्दा उनको रिपोर्ट मात्रै पोजिटिभ देखिएको थियो ।

आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिका नै सिल गर्ने तयारी गरिरहेको बताउनुभयो । महेन्द्रनगरबाट सिधै बसमा आएकाले समुदायले त्रास मान्नुपर्ने अवस्था नरहेको तर गाडीमा आएका अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’ जरुरी रहेको उहाँको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा रीता भण्डारी जोशीले सङ्क्रमित युवालाई जिल्ला अस्पताल, दैलेखमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको बताउनुभयो । “स्वास्थ्य अवस्था एकदम ‘नर्मल’ छ, थप समस्या भए दैलेख अस्पतालमा नै भेन्टिलेटर छ, त्यहीँ राखेर उपचार गरिनेछ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी